बाढी पहिरोका १ सय ४९ घटनामा २१ जनाको मृत्यु

काठमाण्डौ । गएको बैशाखयता देशभर बाढी पहिरोका १ सय ४९ वटा घटना भएका छन् । बितेका ७० दिनमा बाढी पहिरोबाट २१ जनाको ज्यान गएको छ । २६ जना बेपत्ता छन् । बेपत्ताहरुको खोजी निरन्तर भैरहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

बैशाखयता ८२ वटा पहिरो र ६७ वटा बाढीका घटना भएकोमा पहिरोका कारण १४ जनाको ज्यान गएको छ भने ५ जना बेपत्ता छन् । त्यस्तै बाढीमा परेर ७ जनाले ज्यान गुमाएका र २१ जना बेपत्ता रहेका प्राधिकरणको तथ्याङ्क छ ।

बाढी पहिरोका यी घटनामा ५ सय २१ परिवार प्रभावित भएका छन् । नेपालमा गएको जेठ ३१ गते भित्रिएको मनसुन अहिले देशभर फैलिएको छ । मनसुन भित्रिएको पूर्वी क्षेत्रमा भएको लगातारको वर्षाले सङ्खुवासभा, पाँचथर, ताप्लेजुङलगायतका जिल्लामा बाढी पहिरोले ठूलो क्षति गरेको छ ।

मनसुनको समयमा बाढी, पहिरो, भूक्षयको सम्भावना हुने भएकाले सतर्कता अपनाउन जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजु प्रधानाङ्गको आग्रह छ । यसपालिको मनसुनमा देशभर १२ लाख ५४ हजार जनाभन्दा धेरै नागरिक प्रभावित हुने पूर्वानुमान छ ।

२ लाख ८६ हजारभन्दा धेरै घरधुरीमा असर पुग्ने सम्भावना छ । मनसुनमा हुन सक्ने विपद् जोखिमको न्यूनीकरणका लागि पूर्वतयारी अनुसार काम भैरहेको र विपद् प्रभावितलाई तत्काल पालिकाका जनप्रतिनिधि, प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायसँग सम्पर्क गर्न राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका उपसचिव एवं प्रवक्ता ध्रुवबहादुर खड्काको आग्रह छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट

हाम्रो बारेमा

प्रधान सम्पादकः सम्झना शर्मा
सम्पादकः ई सुवोध भट्टराई
सम्वादाताः शुष्मा खनाल

सम्वादाताः महेश गुप्ता
आई.टि.:  माेहम्म्द हबिब

 

 

सम्पर्क

एल. स्टार मिडिया प्रा.ली.
सिद्धार्थनगर नगरपालिका-०८, रुपन्देही
फोन: ९८५७०२४६७४
ईमेल: starkhanarnepal@gmail.com, samjhanaje@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३९८२/७९/८०

error: Content is protected !!