राष्ट्रिय वैश्य महासंघको दोस्रो स्थापना दिवसको अवसरमा वृद्ध आश्रममा खाद्यान्न सामाग्री तथा फलफूल वितरण

भैरहवा/साउन, १५

स्टार खबर नेपाल संवाददाता/

राष्ट्रिय वैश्य महासंघ नेपालको दोस्रो स्थापना दिवसको अवसरमा श्री सत्य साई वृद्ध आश्रम सेवा केन्द्रमा खाद्यान्न तथा फलफूल वितरण कार्यक्रम सम्पन्न गरिएको छ।सामाजिक उत्तरदायित्व तथा मानवीय सेवाको भावनालाई आत्मसात गर्दै आश्रममा रहेका ज्येष्ठ नागरिक आमा–बुवाहरूलाई खाद्यान्न सामग्री तथा फलफूल वितरण गरिएको थियो।

कार्यक्रममा बोल्दै राष्ट्रिय वैश्य महासंघ रुपन्देहीका उपाध्यक्ष तथा कार्यक्रम संयोजक शत्रुधन पण्डितले महासंघले समाजसेवा र मानव कल्याणका क्षेत्रमा निरन्तर योगदान पुर्‍याउँदै आएको उल्लेख गर्दै आगामी दिनमा पनि यस्ता सामाजिक तथा मानवीय सेवामूलक कार्यक्रमलाई निरन्तरता दिइने बताए।यसै अवसरमा श्री सत्य साई वृद्ध आश्रम सेवा केन्द्रकी अध्यक्ष माया खारेलले राष्ट्रिय वैश्य महासंघ नेपालले आफ्नो दोस्रो स्थापना दिवसको अवसरमा आश्रममा पुगेर खाद्यान्न तथा फलफूल सहयोग गरेकोमा महासंघप्रति हार्दिक आभार व्यक्त गरिन्।

यसै गरि संघका महासचिव तारकेश्वर कान्दुले संघको रुपन्देही जिल्ला अध्यक्ष अमित गुप्ताको अगुवाइमा विगतमा विभिन्न सामाजिक तथा मानवीय सेवामूलक कार्यक्रममार्फत सहयोग गर्दै आएको बताए ।हस्तान्तरण कार्यक्रममा संस्थाका उपाध्यक्ष पूर्णिमा रौनियार, बेचन गुप्ता, महासचिव तारकेश्वर कान्दु, श्रीचन्द्र जैसवाल, तथा सदस्य मनोज अग्रहरि, दुर्गा प्रसाद गुप्ता, गुरुचरण प्रजापति, ई.दशरथ कुमार भक्त, सल्लाहकार श्रीराम गुप्ता , आनन्द प्रसाद गुप्ता, राजेन्द्र गुप्ता,डा. शम्भु गुप्ता,कपूर चन्द महासेठ, नरेन्द्र प्रसाद रौनियार लगायतको उपस्थिति रहेको थियो।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट

हाम्रो बारेमा

प्रधान सम्पादकः सम्झना शर्मा
सम्पादकः ई सुवोध भट्टराई
सम्वादाताः शुष्मा खनाल

सम्वादाताः महेश गुप्ता
आई.टि.:  माेहम्म्द हबिब

 

 

सम्पर्क

एल. स्टार मिडिया प्रा.ली.
सिद्धार्थनगर नगरपालिका-०८, रुपन्देही
फोन: ९८५७०२४६७४
ईमेल: starkhanarnepal@gmail.com, samjhanaje@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३९८२/७९/८०

error: Content is protected !!