रास्वपा सिद्धार्थनगर नगर समितिको पदस्थापन कार्यक्रम सम्पन्न

भैरहवा, ११ साउन

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सिद्धार्थनगर नगर समिति, रुपन्देहीको पदस्थापन कार्यक्रम शनिबार भैरहवामा सम्पन्न भएको छ । गत जेठ १६ गते सम्पन्न पार्टीको प्रथम नगर अधिवेशनबाट निर्वाचित कार्यसमितिको पदस्थापन कार्यक्रम भएको रास्वपा रुपन्देही जिल्ला सचिव ज्ञानेन्द्र पाण्डेले बताउनुभयो ।नगर अधिवेशनबाट अध्यक्षमा निर्वाचित नरेश अधिकारीसहितको नयाँ कार्यसमितिलाई पदस्थापन गराइएको निर्वाचन संयोजक डा. योगेन्द्र अधिकारीले बताउनुभयो ।

कार्यक्रममा प्रमुख अतिथि रास्वपा केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य ज्ञानु पौड्यालले नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको थियो । उहाँले पार्टीलाई थप मजबुत बनाउँदै देश र जनताको पक्षमा काम गर्न आग्रह गर्नुभयो ।

रास्वपा सिद्धार्थनगरका निवर्तमान सभापति पर्शुराम पराजुलीको स्वागत तथा पूर्व जिल्ला कोषाध्यक्ष रचना क्षेत्रीको सञ्चालनमा भएको कार्यक्रममा जिल्ला उपसभापति दुर्गा खनाल, सचिव ज्ञानेन्द्र पाण्डे, क्षेत्र नम्बर ३ का सभापति छविलाल शर्मा, शुद्धोधन गाउँपालिकाका सभापति बौद्धलाल शर्मा, सिद्धार्थनगर नगरपालिका–३ का सभापति ओजीर पठानलगायतले बोल्नुभएको थियो ।

दोस्रो सत्रको कार्यक्रमको सञ्चालन रास्वपा नगर सचिव उमेश अग्रहरीले सञ्चालन गर्नुभएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट

हाम्रो बारेमा

प्रधान सम्पादकः सम्झना शर्मा
सम्पादकः ई सुवोध भट्टराई
सम्वादाताः शुष्मा खनाल

सम्वादाताः महेश गुप्ता
आई.टि.:  माेहम्म्द हबिब

 

 

सम्पर्क

एल. स्टार मिडिया प्रा.ली.
सिद्धार्थनगर नगरपालिका-०८, रुपन्देही
फोन: ९८५७०२४६७४
ईमेल: starkhanarnepal@gmail.com, samjhanaje@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३९८२/७९/८०

error: Content is protected !!