लुम्बिनीमा दीप प्रज्वलन

भैरहवा, २१ साउन ।

हिरोसिमा दिवस (डे) को पूर्वसन्ध्यामा बुद्ध जन्मस्थल लुम्बिनीमा दीप प्रज्वलन तथा शान्ति प्रार्थना कार्यक्रम सम्पन्न भएको छ ।लुम्बिनी वल्र्ड पिस फोरमको आयोजना, लुम्बिनी–कपिलवस्तु विश्व अभियान (युरोप), लुम्बिनी–कपिलवस्तु विश्व अभियान (अष्ट्रेलिया) तथा लुम्बिनी होटेल संघ नेपालको सहकार्यमा उक्त कार्यक्रम भएको हो ।

विश्व शान्तिको कामना गर्दै बुधबार बेलुकी लुम्बिनीस्थित मायादेवी मन्दिर परिसरमा दीप प्रज्वलन तथा शान्ति प्रार्थना कार्यक्रम गरिएको लुम्बिनी वल्र्ड पिस फोरमका संस्थापक तथा अध्यक्ष बासु गौतमले बताउनुभयो । अध्यक्ष गौतमका अनुसार संस्थाले प्रत्येक वर्ष केही न केही कार्यक्रम गरेर यो दिवस मनाउँदै आएको छ ।

कार्यक्रममा बोल्दै लुम्बिनी होटल संघ, नेपालका अध्यक्ष लीलामणि शर्माले मानव जगतले शान्ति चाहेको बताउनुभयो । उहाँले अब कहिले पनि युद्ध र हिंसा नहोस् भन्दै कामना गर्नुभयो । उहाँले आणविक हतियारको प्रयोगलाई निरुत्साहित गर्नुपर्नेमा जोड दिनुभयो ।

त्यस्तै भिक्षु सागर धम्मले जापानको हिरोसिमामा भएको घटना अब संसारमा कतै पनि नदोहोरियोस् भन्ने विश्व शान्तिको मुहान लुम्बिनीबाट कामना गरिएको बताउनुभयो ।

जापानको हिरोसिमामा सन् १९४५ अगस्ट ६ मा भएको आणविक बम विस्फोटको सम्झनामा आज हिरोसिमा दिवस मनाइँदैछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट

हाम्रो बारेमा

प्रधान सम्पादकः सम्झना शर्मा
सम्पादकः ई सुवोध भट्टराई
सम्वादाताः शुष्मा खनाल

सम्वादाताः महेश गुप्ता
आई.टि.:  माेहम्म्द हबिब

 

 

सम्पर्क

एल. स्टार मिडिया प्रा.ली.
सिद्धार्थनगर नगरपालिका-०८, रुपन्देही
फोन: ९८५७०२४६७४
ईमेल: starkhanarnepal@gmail.com, samjhanaje@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३९८२/७९/८०

error: Content is protected !!