लुम्बिनीमा नेपाल–चीन साँस्कृतिक आदानप्रदान कार्यक्रम

भैरहवा । लुम्बिनी बौद्ध विश्वविद्यालय विश्व कम्युनिसिवास सेन्टरको आयोजनामा शनिबार लुम्बिनीमा नेपाल–चीन साँस्कृतिक आदानप्रदान कार्यक्रम सम्पन भएको छ ।

उक्त कार्यक्रममा नेपाल र चीनको सस्कृति झल्किने भेषभूषा र साँस्कृतिक नृत्य प्रस्तुत गरिएको थियो । कार्यक्रममा चीनकोतर्फबाट ५० र नेपालकोतर्फबाट १० वटा खानाको परिकारको स्टल राखी कार्यक्रममा आमन्त्रित अतिथिहरुलाई स्वाद चखाइएको लुम्बिनी बौद्ध विश्वविद्यालयले जनाएको छ । कार्यक्रममा बौद्ध विश्वविद्यालयका उपकुलपति प्रा. डा. सुवर्ण लाल बज्राचार्यले नेपाल र चीनबीचको सम्बन्ध सदियौदेखि प्रगाढ रहेको बताए ।

उनले यस्ता साँस्कृतिक कार्यक्रमले दुई देशबीचको सम्बन्धलाई अझ घनिष्ट बनाउने उल्लेख गरे । त्यस्त्र विश्व कम्युनिसियस सेन्टर चीनका चिफ (प्रमुख) प्रोफेसर चोङ्गले बुद्ध जन्मस्थल लुम्बिनीमा दुवै देशको साँस्कृतिक आदानप्रदानले नेपाल र चीनबीचको सम्बन्धमा थप ईट्टा थप्ने काम भएको भन्दै खुसी व्यक्त गरे ।

उनले यस्ता कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिइने उल्लेख गरे । कार्यक्रममा सिद्धार्थनगर नगरपालिकाकी उपप्रमुख उमा अधिकारी, नेपाल चीन मैत्री समाज लुम्बिनीका उपाध्यक्ष गोविन्द प्रसाद रेग्मी, प्याब्सन रुपन्देहीका पूर्वअध्यक्ष लेखनाथ पौडेल लगायतले नेपाल र चीनको सम्बन्धमा बारेमा बोलेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट

हाम्रो बारेमा

प्रधान सम्पादकः सम्झना शर्मा
सम्पादकः ई सुवोध भट्टराई
सम्वादाताः शुष्मा खनाल

सम्वादाताः महेश गुप्ता
आई.टि.:  माेहम्म्द हबिब

 

 

सम्पर्क

एल. स्टार मिडिया प्रा.ली.
सिद्धार्थनगर नगरपालिका-०८, रुपन्देही
फोन: ९८५७०२४६७४
ईमेल: starkhanarnepal@gmail.com, samjhanaje@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३९८२/७९/८०

error: Content is protected !!