क्रिएटिभ लुम्बिनीद्धारा पहिलो कार्यक्रम अन्तर्गत शिव मन्दिरमा सरसफाई तथा पानी जार हस्तान्तरण

भैरहवा,  लायन्स क्लब अफ लुम्बिनी क्रिएटीभले रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–८ बसडिलवास्थित  शिव मन्दिरलाई पानीको जार हस्तान्तरण तथा मन्दिर परिसर सरसफाई तथा प्रसाद वितरण कार्यक्रम गरेको छ ।

भैरहवा क्षेत्रमा स्थापना भएर विभिन्न सामाजिक कार्य गर्दै आएको क्लबले उक्त कार्यक्रम गरेको हो । क्लबकी वर्ष २०२४/०२५ की अध्यक्ष लायनआयुषा पाण्डेको आफ्नो कार्यकालको पहिला कार्यक्रम मन्दिरबाट सुरुवात गरेको बताइन् ।

कार्यक्रममा मन्दिर व्यवस्थापन समितिलाई २ वटा जार हस्तान्तरण र १ ५० बढी भक्तजनहरुलाई प्रसाद वितरण गरिएको क्लबकी कोषाध्यक्ष लायन मीना ज्ञवालीले जानकारी दिइन्।

सो अवसरमा बोल्दै मन्दिर व्यवस्थापन समितिका उपाध्यक्ष नर बहादुर कुँवरले क्लबको टीमलाई सफल कार्यकालको शुभकामना दिए । उनले आगामी दिनमा पनि निस्वार्थ भावनाले यस्तै कार्यक्रमहरू गर्न आग्रह गरे ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि लायन्स एरिया–५ का चिफ लायन अभिनव मयूर कसौधनले कार्यकालको पहिलो कार्यक्रम मन्दिरबाट सुरु गर्नु राम्रो भएको बताए । उनले यस्ता कार्यक्रमलाई निरन्तरता दिदै जान आग्रह गरे ।

सो अवसरमा बोल्दै क्लबकी अध्यक्ष पाण्डेले क्लबको मूल उद्देश्य नै समाजसेवा रहेको बताइन् । उनले भनिन्, ‘आगामी दिनमा हामी क्लबलाई बलियो बनाएर लैजानेछौं । क्लबलाई अघि बढाउन सबैको साथ र सहयोगको अपेक्षा राखेका छौं ।’

लायन्स क्लब अफ लुम्बिनी क्रिएटीभ लेडीकी अध्यक्ष लायनआयुषा पाण्डेको अध्यक्षता, कार्यक्रम संयोजक लायन रीता थापाको स्वागत तथा लायन भावना कडरियाको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट

हाम्रो बारेमा

प्रधान सम्पादकः सम्झना शर्मा
सम्पादकः ई सुवोध भट्टराई
सम्वादाताः शुष्मा खनाल

सम्वादाताः महेश गुप्ता
आई.टि.:  माेहम्म्द हबिब

 

 

सम्पर्क

एल. स्टार मिडिया प्रा.ली.
सिद्धार्थनगर नगरपालिका-०८, रुपन्देही
फोन: ९८५७०२४६७४
ईमेल: starkhanarnepal@gmail.com, samjhanaje@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३९८२/७९/८०

error: Content is protected !!