सिद्धार्थ सामुदायिक समाजद्धारा पालिकालाई कोरोना सुरक्षा किट हस्तान्तरण

 

भैरहवा,चैत २७  , सिद्धार्थ सामुदायिक समाजले रुपन्देहीका बिभिन्न स्थानिय तहलाई क्वारेन्टाइन सुरक्षा किट्स सहयोग गरेको छ । समाजले ५ वटा स्थानिय तहलाई करिव २ सय भन्दा बढि क्वारेन्टाइन किट्स सहयोग गरेको हो ।
समाजको अध्यक्ष सविता मल्लका अनुसार रुपन्देहीको सिद्धार्थनगर नगरपालिका, लुम्बिनी सांस्कृतिक नगरपालिका, मर्चवारी गाउपालिका, गैडहवा गाउपालिका र सियारी गाउपालिकालाई किट्स हस्तान्तरण गरेको हो । मल्लका अनुसार समाजले एकद्वार प्रणाली अन्तर्गत सहयोग स्वरुप ५ वटा स्थानिय तहहरुलाई २ सय भन्दा बढि क्वारेन्टाइन किट्स हस्तान्तरण गरेको हो ।
सिद्धार्थनगर नगरपालिका उपप्रमुख उमा काफ्लले समाजले नगरपालिकाको क्वारेन्टाइनमा रहेकालाई सहयोग स्वरुप क्वारेन्टाइन किट्स सहयोग गरेको बताउनुभयो । काफ्लेले समाजलाई धन्यवाद ज्ञापन गर्नुभयो । सियारी गाउपालिका अध्यक्ष आयोध्या थारुले समाले हस्तान्तरण गरेको क्वारेन्टाइन किट्स आफुहरुले सक्दो सदुपयोग गर्ने जानकारी दिनुभयो ।
यस्तै समाजले मर्चवारी गाउपालिका अध्यक्ष केशव नन्द बानियालाई मर्चवारी गाउपालिकाको लागी क्वारेन्टाइन किट्स हस्तान्तरण गर्नुभयो ।
समाजले क्वारेन्टाइन किट्समा एउटा परिवारलाई पुग्ने एन्टिसेप्टिक सावुन, ह्यान्ड सेनिटाइजर, १ लिटर क्लोरिन, डिजिटल थर्मो्मिटर, एक्जामिनेशन गल्बस, प्यारा सिटामोल, माक्स, स्यानिटेरी प्याड, टिस्यु पेपर लगायत रहेको छ । एउटा किट्सको मुल्य करिव ३ हजार रुपैया रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट

हाम्रो बारेमा

प्रधान सम्पादकः सम्झना शर्मा
सम्पादकः ई सुवोध भट्टराई
सम्वादाताः शुष्मा खनाल

सम्वादाताः महेश गुप्ता
आई.टि.:  माेहम्म्द हबिब

 

 

सम्पर्क

एल. स्टार मिडिया प्रा.ली.
सिद्धार्थनगर नगरपालिका-०८, रुपन्देही
फोन: ९८५७०२४६७४
ईमेल: starkhanarnepal@gmail.com, samjhanaje@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३९८२/७९/८०

error: Content is protected !!