लोकतन्त्रवादी आदिवासी जनजाती महासंघ प्रदेश नेतृहरुको सम्मान

भेरहवा । नेपाली कांग्रेसको भातृसंघ नेपाल लोकतन्त्रवादी आदिवासी जनजाती महासंघ, लुम्बिनी प्रदेश अन्तर्गत चयन भएका नेतृहरुको सम्मान कार्यक्रम सम्पन्न भएको छ ।

नेपाली कांग्रेस क्षेत्र नं ३ रुपन्देहीका क्षेत्रीय सभापति युवा नेता सुशील गुरुङ्गको सभापतित्वमा भएको कार्यक्रममा यही २०८१ जेष्ठ १८ र १९ गते बाँकेको कोहलपुरमा सम्पन्न लोकतन्त्रवादी आदिवासी जनजाती महासंघ, लुम्बिनी प्रदेशको प्रथम अधिवेशनबाट प्रदेश सह–सचिवमा चयन भएका लिलादेवि छन्त्याल, सदस्यमा हरिमाया गुरुङ्ग र रुपा पुलामी मगरलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा बोल्ने वक्ताहरुले यस देशमा भएका लोकतान्त्रिक आन्दोलनमा आदिवासी जनजातीहरुको महत्वपुर्ण योगदान रहेकाले भोलिका दिनमा पनि लुम्बिनी प्रदेश कै आदिवासी जनजातीहरुलाई संगठित बनाउन यहाँहरुको योगदान रहने कुरामा प्रकाश पार्नुभएको थियो ।

कार्यक्रममा नेपाली कांग्रेस प्रदेश ३ ‘क’ का सभापति सुरेन्द्र जंग थापा, प्रदेशका नवनियुक्त सह–सचिव लिलादेवि छन्त्याल, क्षेत्रीय संयोजक याम बहादुर थापा, जिल्ला उपाध्यक्ष जितमान गुरुङ्गले आफ्ना भनाई राख्नुभएको थियो भने क्षेत्रीय सचिव लेखनाथ भट्टराईले संचालन गर्नुभएको थियो ।

उक्त कार्यक्रममा महाधिवेशन प्रतिनिधि विनय ज्ञवाली, क्षेत्रीय कोषाध्यक्ष कृष्ण खनाल, क्षेत्रीय सहसचिव कुल प्रसाद न्यौपाने, क्षेत्रीय सदस्य योगेन्द्र पाण्डे, वडा नं. ७ का सभापति भविलाल पौडेल, वडा नं. ८ का सभापति टंक ज्ञवाली, वडा नं. ४ का गुरुचरण प्रजापति लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट

हाम्रो बारेमा

प्रधान सम्पादकः सम्झना शर्मा
सम्पादकः ई सुवोध भट्टराई
सम्वादाताः शुष्मा खनाल

सम्वादाताः महेश गुप्ता
आई.टि.:  माेहम्म्द हबिब

 

 

सम्पर्क

एल. स्टार मिडिया प्रा.ली.
सिद्धार्थनगर नगरपालिका-०८, रुपन्देही
फोन: ९८५७०२४६७४
ईमेल: starkhanarnepal@gmail.com, samjhanaje@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३९८२/७९/८०

error: Content is protected !!