भैरहवा, चैत
कोरोना भाईरसको संक्रमणको संन्त्रास बढिरहेको समयमा भोलिको जोहो गर्न सबै नागरिक आतुर देखिन्छन् । संक्रमण भित्रिन नदिन भन्दै सरकारले गरेका एक पछि अर्को निर्णयका कारण पनि नेपाल कतिवेला लकडाउनमा जान्छ भनेर आम मानिसमा घरायसी सामानको खरीद गर्ने क्रम तिब्र छ । सरकारले कुनै पनि स्थानमा २५ जना भन्दा बढी व्यतिm भेला हुन नपाउने निर्णय गरेर कार्यान्वयनमा लगिसकेको छ । तर भैरहवाको भाटभटेनी सुपर मार्केट व्यवस्थापन पक्षले यसको कुनै पालना गरेको देखिदैन । मार्केटमा सामान खरीद गर्न आउने सबै उमेरका व्यतिmहरु विना माक्स निस्फिक्री घुमिरहेका छन् । न त गेटमा स्यानीटराईजको व्यवस्था छ , न त माक्स नै अनिवार्य गरिएको छ । यस्ता सार्वजनिक स्थानहरुमा मानिसहरुको एकैपटक हुने ठुलो भिडभाडका कारण कोरोना संक्रमणको उच्च जोखिममा भाटभटेनी सुपर मार्केट देखिएको छ । किनमेल गर्न जानै पर्ने वाध्यातालाई मध्येनजर गर्दै मार्केट व्यवस्थापकले एक पटकमा २५ जना भन्दा कम व्यतिmलाई प्रवेश दिने व्यवस्था मिलाउने गर्न सक्थ्यो, तर यसो गरेको छैन । जसका कारण त्यहां काम गर्ने कर्मचारी समेत कोरोनाको उच्च जोखिममा रहेका छन् । मार्केट संचालनमा आए लगतै भारतीय नागरिकहरु समेत प्रसस्त आउने गरेका छन् । यसरी कारकारले सावधानीका लागि निर्णय गर्दै जाने अर्कोतर्फ सम्बन्धित पक्षले त्यसको कार्यान्वयमा वेवास्था गर्दै जांदा नेपालमा यसको संक्रमण बढ्दै जाने खतरा देखिएको छ । यस्ता स्थानहरुमा सरकारले गरेका निणर्य कार्यान्वयन गराउन सरकारले सबै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएको छ । तर रुपन्देही प्रशासनको यस तर्फ ध्यान जान सकेको छैन् ।
