रुपन्देहीका मुख्य शहर भैरहवा र बुटवलमा कर्फ्यु

भैरहवा, २३ भदौ ।

रुपन्देही दुई मुख्य शहर बुटवल र भैरहवाका विभिन्न स्थानमा कफर्यु आदेश जारी गरिएको छ ।
रुपन्देहीका प्रमुख जिल्ला अधिकारी डा.टोकराज पाण्डेले भदौ २३ गते सोमबार अपरान्ह ४ देखि राती १० बजेसम्म कफर्यु आदेश जारी गरिएको बताउनुभयो । स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ क बमोजिम आदेश जारी गरिएको उहांले जानकारी दिनुभयो ।
कसैले आवातजावत गर्न, कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ गर्न नपाउने गरी कफुर्य आदेश जारी गरिएको जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जनाएको छ ।
आदेश अनुसार बुटवल क्षेत्र अन्तर्गत पूर्वमा पेट्रोल पम्प धागो कारखाना पुलसम्म, पश्चिममा बेलवास चोकसम्म, उत्तरमा चिडिया खोलासम्म र दक्षिणमा मंगलापुरसम्म कफर्यु जारी गरिएको छ । त्यस्तै भैरहवा क्षेत्र अन्तर्गत पूर्वमा रोहिणी खोला पुलसम्म, पश्चिममा बेथरी पुलसम्म, उत्तरमा बुद्धचोकसम्म, दक्षिणमा मेउडिहवासम्म र बुटवल–बेलहिया सडकखण्डको दाायाबााया १ सय मिटरसम्म जारी गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट

हाम्रो बारेमा

प्रधान सम्पादकः सम्झना शर्मा
सम्पादकः ई सुवोध भट्टराई
सम्वादाताः शुष्मा खनाल

सम्वादाताः महेश गुप्ता
आई.टि.:  माेहम्म्द हबिब

 

 

सम्पर्क

एल. स्टार मिडिया प्रा.ली.
सिद्धार्थनगर नगरपालिका-०८, रुपन्देही
फोन: ९८५७०२४६७४
ईमेल: starkhanarnepal@gmail.com, samjhanaje@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३९८२/७९/८०

error: Content is protected !!