भैरहवा, २३ भदौ
जेन जी आन्दोलन हिसात्मक बन्दा १६ जना आन्दोलनकारीले ज्यान गुमाएका छन् । घाईतेहरु काठमाडौंका विभिन्न अस्पतालमा रेफर गरिएकोले एकिन संख्या छैन् । समाचार स्रोतका अनुसार काठमाडौंका विभिन्न अस्पतालहरुमा घाईतेहरुको उपचार गरिदैछ ।
नयाा बानेश्वरस्थित संसद भवन हाताभित्र प्रवेश गरेका प्रदर्शनकारीमध्ये एकले त्यही ज्यान गुमाएका छन् भने त्यहां घाइते भएर विभिन्न अस्पताल पुर्याइएकामध्ये १३ को मृत्यु भएको प्रहरी स्रोतले जनाएको त्यहांका संचार माध्यमहरुले जनाएका छन् ।
सबभन्दा बढी राष्ट्रिय ट्रमा सेन्टरमा ६ जनाको मृत्यु भइसकेको छ । नयाा बानेश्वरस्थित एभरेष्ट अस्पतालमा ३, सिभिल अस्पतालमा उपचारका क्रममा ३, सिनामंगलस्थित केएमसी र त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा १–१ को ज्यान गएको छ ।
प्रदर्शनकारीसहित सशस्त्र र नेपाल प्रहरीका थुप्रै कर्मचारी घाइते भएका छन्। उनीहरूको विवरण आउन सकेको छैन ।
घाइतेको अत्यधिक चाप बढेपछि मीनभवनस्थित सिभिल अस्पतालले विभिन्न अस्पतालमा घाइते रिफर गरिरहेको छ । विभिन्न अस्पतालमा निधन भएका घाइतेलाई पनि सिभिल अस्पतालले रिभर गरेर त्यहा पठाएको थियो । उपत्यकाका विभिन्न ठाउंमा अहिले करफ्यु आदेश जारी गरिएको छ ।
