सम्झना शर्मा
भैरहवा, ८ चैत
वडानम्बर १ र २ सिद्धार्थनगर नगरपालिकाको ईतिहांससंग जोडिएका वडाहरु हुन् । कुनै समय थियो, व्रिटिश सरकारको शैनिक जवानहरुको भर्ती केन्द्रको पश्चिम हेडक्वाटरको रुपमा रहेको क्यापले त्यो बेला भैरहवाको पर्यावाची रुपमा यी वडाहरु रहेको स्थानीयहरु बताउंछन् ।
२०३५ सालमा जब क्याम्प पोखरा स्थानान्तरण भयो त्यसपछि यी वडाहरुको रौनक विस्तारै कम हुदै जान थाल्यो । आर्थिक दृष्टीले मध्यमखाले वासिन्दाहरुको बाहुल्यता रहेकोले उनीहरु आफ्नै कामकाजमा मस्त रहे । राजनीतिक र शैक्षिक दृष्टिकोणले कम पहुंच भएको वडा नम्बर १ र २ का वासिन्दाहरुको सोझो पनाको फाईदा उठाउंदै २०५४ सालदेखि सिद्धार्थनगर नगरपालिकाले वडा नम्बर १ मा रहेको पक्लिहवाको आठ कठ्ठा पांचधुर प्रतिजग्गामा एकतर्फी फोहोर फ्याक्दै आयो ।
फोहोरबाट दुर्गन्ध फैलिएको भन्दै २०६२ / ०६३ तिर स्थानीयहरुले सो स्थानमा फोहोर फ्याक्न नदिने भनि विरोध गरेका थिए । तर नगरपालिकामा जनताका प्रतिनिधि विहीन रहेको त्यो अवस्थामा नगरपालिकाले केही सिमीत स्थानीय व्यतिmहरुसंग सहमति लिएर पुन: फोहोरको लागि त्यही जमिन प्रयोग गर्दै आईरहेको थियो ।
हाल आएर स्थानीय वासिन्दाहरुले उतm स्थानमा अव्यवस्थित तबरले फोहोर फाल्दा स्थानीयहरुमा दुर्गन्ध फैलिएर घरभित्र बसेर खाना खान नसक्ने अवस्था आएको भन्दै फोहोर व्यवस्थापनका लागि नगरपालिकालाई दीर्घकालिन उपाय खोज्न भनिरहेका छन् ।
फोहोरका कारण यहा. दमका रोगीहरु बढ्दै गएको, क्यान्सर जस्ता प्राणघातक रोगको शिकार हुनु परेको स्थानीय प्रेमा केशीको भनाई छ । फोहोर कै कारण निशन्तान दम्पती समेत बढ्दै गएको स्थानीयको दावी छ । फोहोरका कारण आफुहरु तथा बालबच्चाको स्वास्थ्यमा नकारात्मक प्रभाव परेको भन्दै स्थानीयले गत फागुन २८ गतेदेखि फोहोर फाल्न बन्देज गरेका कारण अहिले सिद्धार्थनगर नगरपालिकामा सडक तथा नालाहरुमा फोहोर थुप्रिदै दुर्गन्ध बढ्दै गएको छ । स्थानीयले फोहोर फ्याक्न नदिएपछि सडकमा थुप्रिएको फोहोरका थुप्राले शहरको सुन्दरता विगार्नुका साथै नगरवासीिको स्वास्थ्यमा प्रतिकुल असर पर्ने भन्दै चौतर्फी आलोचना पछि सिद्धार्थनगर नगरपालिकाले समाधानको उपायका लागि भन्दै सर्वपक्षिय बैठक आह्वान गरयो । तर त्यसबाट कुनै निकास निस्किन सकेन । प्रयास गर्दा नभए बल प्रयोग गरेरै भएपनि हाललाई समस्याको समाधान खोज्ने भन्दै नगर प्रमुख हरि प्रसाद अधिकारी बोलेपछि स्थानीयहरु झन ओक्रिसित बन्न पुगेका छन् ।
अन्तिम विकल्पको रुपमा नगरपालिकाले उपमेयर उमा काफ्लेको नेतृत्वमा वार्ता टोली गठन गरेर स्थानीयसंग वार्ता गर्न पहल गरिएको नगरपालिकाका प्रमुख अधिकारीले बताए पनि स्थानीयहरु भने वार्ता गर्न नगरपालिकाको तर्फबाट कोही पनि नआएको दावी गरेका छन् ।
शनिवार पत्रकार सम्मेलन गर्दे फोहोर मैला पीडित वार्ता समितिका संयोजक खुशीमान गुरुङ्खले नगरपालिकाले ठोस योजना लिएर आए केही समयको लागि धैर्य गर्न सकिने बताए । तर दीर्घकालिन रुपमा यही स्थानमा नगरपालिकाको आंखा छ भने त्यो स्वीकार्न नसकिने संयोजक गुरुङ्खको भनाई छ ।
सिद्धार्थनगर नगरपालिकाबाट हाल दैनिक ३० देखि ३५ टन फोहोर उत्पादन हुन्छ । जुन जनसंख्या बढेसंगै फोहोरको मात्रा पनि बृद्धि हुदै जांदा भविश्यमा पुन: समस्या आउने निश्चित छ स्थानीय युवा अगुवा शुसिल गुरुङ्खको भनाई छ । स्थानीयहरुको भावना बुझेर वार्ता गर्न आए केही समयका लागि समाधानको बाटोमा जान स्थानीयहरु तयार छन् उनले भने । नगर प्रमुख र उपप्रमुखको गैर जिम्मेवारीपुर्ण बोली र व्यवहारले स्थानीय थप आक्रोसित भएको गुरुङ्खको बुझाई छ । कार्यक्रमको संचालन स्थानीय याम बहादुर थापाले गरेका थिए ।
