सर्वसाधारणको बचत फिर्ता नगरी फरार सहकारी सञ्चालकलाई संगठित अपराधको मुद्धा चलाउने गरी कानुन निर्माण हुदैछ : गृहमन्त्री पाण्डे

भैरहवा। लुम्बिनी प्रदेश सरकारका गृहमन्त्री सन्तोष कुमार पाण्डेले सर्वसाधारणले बचत गरेको रकम फिर्ता नगरी सहकारी बन्द गरेर फरार सञ्चालकलाई संगठित अपराधको मुद्धा चलाउने गरी कानुन निर्माण भईरहेको बताएका छन् ।

बुधबार सरकारी पीडितहरुको एक समुहलाई भैरहवामा भेला गराई उनीहरुका गुनासा सुन्ने क्रममा लुम्बिनी प्रदेश सरकारका आन्तरिक मामिला कानुन तथा सहकारी मन्त्री समेत रहेका पाण्डेले धेरै व्याज दिने लोभमा सर्वसाधारणको रकम खाएर फरार भएका व्यतिmहरुलाई कानूनी दायरामा ल्याइने बताए । आम नागरिकको पैसा डुबाउने कार्यमा लाग्ने त्यस्ता सहकारीका सञ्चालकलाई कानूनी दायरामा ल्याउन प्रदेश सरकारले ऐन, कानून बनाएर प्रक्रिया अगाडि बढाएको छ । उनले भने ।

सरकारीमा समस्या देखिन थालेपछि प्रदेश सरकारले बलियो कानुन बनाउन अग्रसरता लिएको मन्त्री पाण्डेले जानकारी दिए । उनले भने हामी जनताको काम गर्नकै लागि बसेका छौं, गर्छौ तर यसै दिन तपाईको पैसा फिर्ता दिलाउंछौं भन्न सकिदैन तर कानुन बनाएर ठगी गर्नेबाट पैसा असुल हुने गरी कानुनी प्रक्रिया अगाडि बढाउदै छौं । कार्यक्रममा समस्या समाधानका लागि एक्लाएक्लै अघि बढ्नुभन्दा सामूहिक रुपमा अघि बढ्नुपर्नेमा उनले जोड दिए । उनले सर्वसाधारणले सहकारीमा जम्मा गरेको पैसा फिर्ता नहुँदा अध्ययन, उपचार तथा घरासायी प्रयोजनको लागि गरिने खर्चमा समेत मर्का परेको आफूले राम्रोसंग बुझेको बताए । पीडित बचतकर्ताहरुको बचत लगत र ठगी गर्ने सहकारीका विषयमा विवरण संकलन गर्दै कार्यक्रम संयोजक, सिद्धार्थ युवा संजालका अध्यक्ष एवम् गृहमन्त्री पाण्डेयका राजनीतिक सल्लाहकार तथा बैजनाथ गुप्ता ९बी।एन। गुप्ताले सहकारीका संचालकको सम्पत्ती रोक्का गराएरै भएपनि बचतकर्तालाई न्याय दिलाएरै छोड्ने बताए ।

सहकारीबाट पीडितहरुले सहकारीमा जम्मा भएको रकम फिर्ता पाउन नसकेको, सम्बन्धित निकायमा जांदा पनि आफूरुको सुनुवाइ नभएको, पैसा फिर्ता नहुंदा आर्थिक संकटमा परेको गुनासो गरे ।

विभिन्न सहकारीहरुले यहांका बचतकर्ताबाट संकलन गरेको करोडौं रुपैया फिर्ता नगरी फरार भएपछि बचतकर्ताहरु विचल्लीमा परेका छन् । जिल्ला बाहिरबाट आएर बचत संकलन गरी सरकारीका संचालकहरु सर्वसाधारणको करोडौं रुपैया फिर्ता नदिई सम्पर्क विहीन बनेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट

हाम्रो बारेमा

प्रधान सम्पादकः सम्झना शर्मा
सम्पादकः ई सुवोध भट्टराई
सम्वादाताः शुष्मा खनाल

सम्वादाताः महेश गुप्ता
आई.टि.:  माेहम्म्द हबिब

 

 

सम्पर्क

एल. स्टार मिडिया प्रा.ली.
सिद्धार्थनगर नगरपालिका-०८, रुपन्देही
फोन: ९८५७०२४६७४
ईमेल: starkhanarnepal@gmail.com, samjhanaje@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३९८२/७९/८०

error: Content is protected !!