स्थानीय स्वाद पस्किन भैरहवामा खुल्यो मझेरी भन्सा घर

भैरहवा । स्थानीय स्वादका पारखीहरुलाई परिकार पस्किन रुपन्देहीको भैरहवामा मझेरी भान्सा घर संचालनमा आएको छ ।

स्थानीय युवा व्यवसायी अर्जुन कार्कीको एकल लगानीमा शुद्ध अर्गानिक नेपाली खाना, नेपाली परिकार, लोकल परिकार सस्तो मुल्यमा खुवाउने उदेश्यले भान्सा घर संचालनमा ल्याइएको हो ।
यस क्षेत्रको पर्यटन व्यवसायलाई अध्ययन गरी, भैरहवा बजार वाणिज्य केन्द्र, बुद्ध जन्मस्थल लुम्बिनीको प्रवेशद्वार, अन्तर्राष्ट्रिय विमानस्थल र सिमा क्षेत्रको शहरलाई लक्षित गर्दै शान्त र मनोरम वातावरणमा सेवा दिने उद्देश्यका साथ भान्सा घर संचालनमा ल्याएको व्यवसायी कार्कीले भने ।

सिदार्थनगर नगरपालिका ८ कैलासपथमा संचालनमा आएके भान्सा घर सिद्धार्थनगर उद्योग वाणिज्य संघका अध्यक्ष ठाकुर कुमार श्रेष्ठले उद्घाटन गरेका छन । सो अवसरमा बोल्दै अध्यक्ष श्रेष्ठले भैरहवाको व्यवसायीक, औधोगीक तथा पर्यटकीय नगरमा यसरी भान्सा घर संचालन हुँदा याहाँको उद्योगी व्यवसायी र युवा जमातमा सकारात्मक सन्देश जाने बताए । व्यवसायीक मन्दीको बेला ठूलो आटका साथ केही स्थानीयमै गरौ भन्ने हेतुले नयाँ व्यवसाय सुरुवात गर्नु नै महत्वपूर्ण कार्य  रहेको बताए ।

“यो भान्सा घरको उद्घाटनमात्र नभइ नेपालमा केहीगर्न सकिदैन, नेपालमा केही छैन भन्ने जुन नकारात्क सोच छ, त्यसलाई सकारात्मक बनाउने पहल भएको पनि हो ”। उनले भने ।
भान्सा घरमा शान्त र कोलहल क्षेत्रबाट केही भित्र रहेकोले धेरैको रोजाई पर्ने अपेक्षा छ । नेपालमै केही गर्नुपर्छ पलायन हुने प्रविति चिर्नुपर्छ भन्ने उद्येश्यले उक्त भान्सा घर संचालनमा ल्याएको संचालक कार्कीले भने ।

करिब २० जनालाई रोजगारी दिएको भान्सा घरमा लोकल कुखुरा, लोकल खसी र यहाँका कृषि उत्पादनलाई बढी प्रथमिकता दिएर ग्राहकलाई पस्किने दाबी छ । भैरहवामा पृथक तरिकाले पस्किन खानाका पारखीको स्वादलाई मध्यनजगर्दै नेपालगंजबाट, थकाली खानाको लागि पोखराबाट र अझ फरक खाजाका परिकार खुवाउनको लागि काठमाडौंबाट सेफहरु ल्याएको बताए । भान्साघरमा एकै पटक सय जनालाई सेवा गर्न मिल्ने रेष्टरेन्ट, क्याविन र बार्दलीमा रेष्टुरेन्ट रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट

हाम्रो बारेमा

प्रधान सम्पादकः सम्झना शर्मा
सम्पादकः ई सुवोध भट्टराई
सम्वादाताः शुष्मा खनाल

सम्वादाताः महेश गुप्ता
आई.टि.:  माेहम्म्द हबिब

 

 

सम्पर्क

एल. स्टार मिडिया प्रा.ली.
सिद्धार्थनगर नगरपालिका-०८, रुपन्देही
फोन: ९८५७०२४६७४
ईमेल: starkhanarnepal@gmail.com, samjhanaje@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३९८२/७९/८०

error: Content is protected !!