युद्धग्रस्त देशहरुमा नजान परराष्ट्र मन्त्रालयले गरायाे सचेत

काठमाडौं । परराष्ट्र मन्त्रालयले परम्परागत रुपमा सम्झौता भएका देशहरुमा बाहेक अन्य देशका सेनामा भर्ना नहुन सचेत गराएकाे छ । परराष्ट्र मन्त्रालयले सम्झौता अन्तर्गत बाहेकका देशका राष्ट्रिय सेनामा नेपाली नागरिक भर्ना हुन अनुमति दिने कुनै पनि निकाय नरहेको स्पष्ट पार्दै मन्त्रालयले एक विज्ञप्ति जारी गरेकाे छ । विज्ञप्तीमा युद्धग्रस्त देशहरुमा नजान सचेत गराएको हो । पछिल्लो समयमा रुस युद्धमामा नेपालीहरु गइरहेको सूचनाहरुलाई संकेत गर्दै मन्त्रलायले आज जारी गरेको विज्ञप्तीमा परम्परागत रुपमा सम्झौता भएका देशहरुमा बाहेक अन्त नजान आग्रह गरेको छ ।

मन्त्रालयले परम्परागत सम्झौता भएका देश भन्नाले बेलायत र भारतलाई संकेत गरेको हो । मन्त्रालयको सूचनामा भनिएको छ, ‘कसैको झुक्यानमा परी वा गलत सूचनाका आधारमा युद्धग्रस्त मुलुकहरुमा सुरक्षा सम्बन्धी काममा नजानुहुन अनुरोध गरिन्छ । यस्ता गतिविधिमा संलग्न हुँदा आएपर्ने जोखिम र उद्दारमा हुने कठिनाइ प्रति सजग रहन समेत सबैमा सूचित गरिन्छ ।’

देशी विदेशी संचारमाध्यमहरु देखी सदनमा प्रधानमन्त्रीलाई नै प्रश्न गरिएको रुसी फौज मुद्धामा सरकारले किटान गरेर भने अहिलेसम्म बोलेको छैन ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट

हाम्रो बारेमा

प्रधान सम्पादकः सम्झना शर्मा
सम्पादकः ई सुवोध भट्टराई
सम्वादाताः शुष्मा खनाल

सम्वादाताः महेश गुप्ता
आई.टि.:  माेहम्म्द हबिब

 

 

सम्पर्क

एल. स्टार मिडिया प्रा.ली.
सिद्धार्थनगर नगरपालिका-०८, रुपन्देही
फोन: ९८५७०२४६७४
ईमेल: starkhanarnepal@gmail.com, samjhanaje@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३९८२/७९/८०

error: Content is protected !!