ब्रजेश्वरीद्धारा नयां उत्पादन ‘बेवी वाइप्स’ र ‘एडल्ट डाइपर’ सार्वजनिक, उत्पादनको ४० प्रतिशत निर्यात गर्ने लक्ष्य

भैरहवा । समय परिवर्तनसंगै बच्चाहरुलाई डाईफरको प्रयोगमा वृद्धि भएको छ । जन्मेदेखि बोल्न सक्ने वा आफुलाई दिशा पिसाव लाग्यो भन्ने संकेत नगर्दासम्म बालबच्चालाई यसबाट सुरक्षित राख्न डाईफरको प्रयोग गर्ने गरिन्छ । यसको माग अहिले नेपालमा निकै बढेको छ । यसै कुरालाई मध्येनजर गर्दै नेपालका लागि बहुराष्ट्रिय कम्पनीको आधिकारीक विक्रेता ब्रजेश्वरी इन्डष्ट्रिज प्रा.लीले शुक्रबार भैरहवामा डिलरमिटसंगै आफ्नो नयां उत्पादन सार्वजनिक गरेको छ । प्रा.ली.ले आफ्नो नयां उत्पादन ‘बेवी वाइप्स’ र ‘एडल्ट डाइपर’ सार्वजनिक गरेको हो ।

सन् २००५ देखि बहुराष्ट्रिय कम्पनीहरुको उत्पादन विक्री गर्दै आएको प्रा.ली.ले विगत १ वर्षदेखि आफै उत्पादनमा लागेको छ । कम्पनीले नेपाली तथा भारतीय बजारलाई लक्षित गरी डाइपर उत्पादन गर्दै आएको छ ।

यसैबीच नयां उत्पादन बारे जानकारी दिन र बजारको अवस्था बारे जानकारी प्राप्त गर्ने उद्देश्यसहित देशभरका आफ्ना करिब एक सय डिलरका प्रतिनिधिहरुलाई सहभागी गराई छलफल गरिएको ब्रजेश्वरीका डाईरेक्टर सनिमराज ढकालले जानकारी दिए । डिलरमिटबाट आफुले थप उत्साहजनक प्रतिक्रिया प्राप्त गरेको उनले बताए । नवलपरासीको रामग्राममा उद्योग रहेको कम्पनीले नेपालका लागि न्यानो र टेन्डरटच उत्पादन गरी बजारमा पठाउने गरेको छ भने भारतीय कम्पनी भेल्निक, एचएमएच, युरो इण्डिया तथा केएफ इन्टरनेश्नलका लागि उत्पादन गर्ने कम्पनीका प्रमुख एसपी ढकालले जानकारी दिए ।

बहुराष्ट्रिय कम्पनीका उत्पदानहरुका लागि डिलरको रुपमका काम गर्दै आएको कम्पनीले अब आफै उत्पादनमा लाग्नुपर्छ भन्ने मान्यताकासाथ उद्योग स्थापना गरिएको उनले बताए । उत्पादनको गुणस्तरीयतालाई आफ्नो पहिलो प्राथमिकता राखिएको बताउंदै उनले अफ्रिका तथा युरोपमा समेत निर्यात गर्ने तयारीमा रहेको उल्लेख गरे ।

अफ्रिकामा आफ्नो उत्पादन पठाउनका लागि सुरु हुन थालेको बताउंदै प्रमुख ढकालले युरोपियन मुलुकका लागि पिई सर्टिफिकेट प्राप्तिको अन्तिम चरणमा पुगेको जानकारी गराए । नेपालका लागि आवश्यक पर्ने खपतको ५० प्रतिशत उत्पादन गर्न सक्ने क्षमता भएपनि उद्योगलाई पूरा क्षमतामा भने सञ्चालन नगरिएको डाइरेक्टर सरिता ढकालले बताइन् ।

‘नेपाली बजारका लागि प्रतिवर्ष ४८ करोड डाइपर आवश्यक पर्ने हो जबकी हामीले २५ करोड उत्पादन गर्न सक्छौं ।’–उनले भनिन्, अन्य बहुराष्ट्रिय कम्पनी तथा लोकल कम्पनीहरुका उत्पादन पनि बजारमा प्राप्त हुनेहुंदा सबै उत्पादन नेपालमा पठाउने गरेका छैनौं । आफ्नो उद्योगलाई पूर्ण क्षमतामा सञ्चालन गर्नकै लागि भारतसंगै अन्य मुलुकहरुमा समेत निर्यातको तयारी भएको उनले स्पष्ट पारिन् ।

विदेशी मुलुकहरुमा उत्पादन निर्यात गर्दा बहुराष्ट्रिय कम्पनीहरुसंग प्रतिस्पर्धा गर्न गाह्रो हुने भएपनि गुणस्तरकै कारण माग बढ्दै जांदा बजार विस्तारमा सहज भएको कम्पनीका डाइरेक्टर शिक्षा पोखरेल ढकालले बताइन् ।

उद्योगमा करिब १५० जनालाई प्रत्येक्ष रोजगार दिन सफल कम्पनीले दैनिक ६ लाख डाइपर उत्पादन क्षमता भएपनि हाल दैनिक ३ लाख मात्रै उत्पादन गर्ने गरेको उनले उल्लेख गरिन् । विदेशका विभिन्न मुलुकहरुमा आफ्नो उत्पादन निर्यातलाई बढाउंदै पूर्ण क्षमतामा उद्योग सञ्चालन गर्नेगरी तयारी भैरहेको उनले बताइन् ।कम्पनीले पछिल्लो एक वर्षको अवधिमा नेपालका लागि ३० करोड बढीको उत्पादन गरेको छ भने भारतका लागि १३ करोड बढीको उतपादन निर्यात गरेको छ ।,

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट

हाम्रो बारेमा

प्रधान सम्पादकः सम्झना शर्मा
सम्पादकः ई सुवोध भट्टराई
सम्वादाताः शुष्मा खनाल

सम्वादाताः महेश गुप्ता
आई.टि.:  माेहम्म्द हबिब

 

 

सम्पर्क

एल. स्टार मिडिया प्रा.ली.
सिद्धार्थनगर नगरपालिका-०८, रुपन्देही
फोन: ९८५७०२४६७४
ईमेल: starkhanarnepal@gmail.com, samjhanaje@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३९८२/७९/८०

error: Content is protected !!