वार्षिकोत्सवमा होटल सनस्टारद्वारा ‘डाइको सेवा’ सुरु, खानामा १५ र कोठामा २५ प्रतिशत छुट

भैरहवा ।  लुम्बिनी प्रदेशको पर्यटनद्धारका रुपमा रहेको गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल आसपासका होटलहरुले आफ्ना सेवाहरुलाई अन्तराष्टिय स्तरका बनाउंदै लगेका छन् । यसै क्रममा एयरपोर्टरोड स्थित होटल सनस्टार ईन्टरनेशनल प्रा.लि.ले ‘डाइको सेवा’ सुरु गरेको छ । सनस्टारले आफ्नो तेस्राे वार्षिकोत्सवको अवसरमा आफ्ना सेवालाई विस्तारगर्दै आफ्नो होटलमा आउने पाहुनाहरुको सुरक्षाका लागि मादक पदार्थ सेवन पश्चात सेवाग्राहीको सवारी सहित घरसम्म पुरयाउने सेवाको सुभारम्भ गरेको होटलका प्रबन्ध निर्देशक राजेश महोत्राले बताए । विदेशमा यस्ता सेवाहरु होटल तथा रेष्टुरेण्टहरुले दिदै आएका छन् । तर नेपालमा भने यो सेवा सुरु गर्ने सम्भवत आफुहरुनै पहिलो भएको महोत्राको दावी छ ।

के हो त डाईको सेवा ? नौलो लाग्ने डाईको सेवाका बारेमा होटलका सञ्चालक राजेश महोत्राले यसरी स्पष्ट पारे । उनका परिवार वा साथीहरुसंगको जमघटमा रमाईलो गर्दै मादक पदार्थ सेवन (मापसे) सेवन गर्ने ग्राहकले आफै सवारी चलाएर जांदा दुर्घटनाको जोखिम हुनुका साथै प्रहरी चेकिङ्गमा तनाव झेल्नु पर्छ । मादक पदार्थ सेवन गरी सवारी चलाउंदा परिवार सहित आफ्नो पनि ज्यान जोखिममा पर्छ । यसै कुरालाई मध्यनजर गर्दै मापसे गरेका ग्राहकको सवारी सहित व्यतिmलाई सुरक्षित घरसम्म पुरयाउने सेवा नै डाईको सेवा हो । यस वापत होटलले कुनै पनि अतिरिक्त शुल्क नलिईने पनि जनाएको छ । यो सेवा २४ सैं घण्टा खुल्ला रहने छ । २४ घण्टे सेवाको अनुमति लिने सनस्टार यस क्षेत्रैमै पहिलो हो ।

२० किलोमिटरसम्मको दुरीका लागि यो सुविधा प्रदान गरिने प्रबन्ध निर्देशक महोत्राले बताए । सवारीचालकले ग्राहकलाई घरसम्मै पुर्याइदिने र घरसम्म पुर्याउन सँगै गएका सवारीचालक आफ्नै सवारीसाधनमा फर्कने उनले बताए । स्थानीय ग्राहकलाई समेत लक्षित गरेर डाइको सेवा सुरु गरिएको होटल सनस्टार ईन्टरनेशनल प्रा.लि.ले जनाएको छ ।

त्यस्तै हहोटल सनस्टार ईन्टरनेशनल प्रा.लि.तेस्रो वर्षमा प्रवेश गरेको अवसरमा तीन महिनासम्म खानामा १५ प्रतिशत र कोठामा २५ प्रतिशत छुट सुविधा प्रदान गरिएको उनले बताए । होटलमा २७ वटा कोठा, २ सय जना क्षमताको रेष्टुरेण्ट, ५० जना क्षमताको सभाहल, गार्डेन रेष्टुरेण्टलगायतका सुविधाहरु रहेको उनले जानकारी दिए । छिट्टै नै होटलले बैंक्वेट सञ्चालनमा ल्याउन लागेको महोत्राले बताए ।

२०७९ असोज १३ गतेदेखि नै होटल सनस्टारले रात्रीकालिन व्यवसाय सुरु गरेको बताए । होटल २४ घण्टा नै खुल्ला रहेको उनले जानकारी दिए । बुद्ध जन्मस्थल लुम्बिनीको प्रवेशशद्वार भैरहवामा रहेको होटल सनस्टारबाट ग्राहक तथा पर्यटकलाई कसरी गुणस्तरीय सेवा दिन सकिन्छ भन्नेतर्फ आफूहरु लागिपरेको उनको भनाइ छ ।

होटल सनस्टार ईन्टरनेशनल प्रा.लि का सञ्चालक राजेश महोत्रा होटल तथा रेष्टुरेण्ट व्यवसायी संगठन रुपन्देहीका महासचिव र होटल व्यवसायी महासंघ, नेपालको केन्द्रीय उपमहासचिवको समेत जिम्मेवारी सम्हाल्दै आएका छन् । उनले वैदेशिक रोजगारीको सिलसिलामा ७ वर्ष जापान रहेका थिए । जापान रहँदा डाइको सेवाबारे जानकारी लिने अवसर प्राप्त भएको र यहां पनि उक्त सेवा सुरु गरेको उनको भनाइ छ

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट

हाम्रो बारेमा

प्रधान सम्पादकः सम्झना शर्मा
सम्पादकः ई सुवोध भट्टराई
सम्वादाताः शुष्मा खनाल

सम्वादाताः महेश गुप्ता
आई.टि.:  माेहम्म्द हबिब

 

 

सम्पर्क

एल. स्टार मिडिया प्रा.ली.
सिद्धार्थनगर नगरपालिका-०८, रुपन्देही
फोन: ९८५७०२४६७४
ईमेल: starkhanarnepal@gmail.com, samjhanaje@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३९८२/७९/८०

error: Content is protected !!