तिनाउ र दानव नदीको बाढीमा फसेका २ जनाको सकुशल उद्धार

बुटवलको तिनाउ र दानव नदीको बाढीमा फसेका दुई जनाको सकुशल उद्धार गरिएको छ ।

बुटवल ११ मजुवास्थित तिनाउ नदीको बीचमा दाउरा खोज्न र माछा मार्न गएका पाखापानीका मिनबहादुर गाहा र दानव नदीमा फसेका बुटवल-१४ कैलाशनगरका जनक घर्तीलाई सशस्त्र प्रहरी,नगर प्रहरी र स्थानीयको प्रयासमा सकुसल उद्धार गरिएको हो ।

तिनाउमा नदीको सतह बढेकाले दाउरा, माछा मार्ने वा खोला हेर्ने उद्देश्यले बाढीको जोखिम भएको  ठाउँमा नजान बुटवल उपमहानगरपालिकाले अनुरोध गरेको छ ।

नदी किनारमा विपद्को टोली र नगर प्रहरी खटाएर माईकिङ गर्दै सावधानी र सतर्कता अपनाउन आह्वान गरेको नगर  प्रमुख खेलराज पाण्डेयले बताए । 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट

हाम्रो बारेमा

प्रधान सम्पादकः सम्झना शर्मा
सम्पादकः ई सुवोध भट्टराई
सम्वादाताः शुष्मा खनाल

सम्वादाताः महेश गुप्ता
आई.टि.:  माेहम्म्द हबिब

 

 

सम्पर्क

एल. स्टार मिडिया प्रा.ली.
सिद्धार्थनगर नगरपालिका-०८, रुपन्देही
फोन: ९८५७०२४६७४
ईमेल: starkhanarnepal@gmail.com, samjhanaje@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३९८२/७९/८०

error: Content is protected !!