रुपन्देहीको पूँजीगत खर्च बढेपनि आम्दानी बढ्न सकेन

भैरहवा । रुपन्देही जिल्लामा गत बर्षको तुलनामा पूँजीगत खर्च बढेको छ । आर्थिक बर्ष २०७८/०७९ को तुलनामा आर्थिक बर्ष २०७९/०८० मा पूँजीगत खर्च बढेको कोष तथा लेखा नियन्त्रक कार्यालय रुपन्देहीले जनाएको छ ।
आर्थिक बर्ष २०७९/०८०मा समग्रमा बिनियोजित रकमको ८८ प्रतिशत रकम खर्च भएको छ । आर्थिक बर्ष २०७९/०८० मा ४२ अर्ब २ करोड ६९ लाख ६३ हजार ४ सय ५१ रुपैया बिनियोजित भएको थियो । यस मध्ये चालु र पूजिंगत गरि कुल खर्च ८८ प्रतिशत अर्थात ३७ अर्ब १ करोड ८१ लाख ५७ हजार ८ सय ६५ रुपैया खर्च भएको कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुख कोष नियन्त्रका बिष्णु प्रसाद ज्ञवालीले जानकारी दिए । चालु खर्चको हकमा जिल्लामा ३४ अर्ब ८५ करोड ३३ लाख ७० हजार ११ रुपैया खुद बजेट मध्ये ९२ प्रतिशत अर्थात ३१ अर्ब ९३ करोड २० लाख ५८ हजार ७ सय ५२ रुपैया खर्च भएको छ ।

आर्थिक बर्ष २०७९/०८० मा रुपन्देहीमा पूँजीगत खर्च ७१ प्रतिशत खर्च भएको छ । पूँजीगत तर्फ ७ अर्ब १७ करोड ३५ लाख ९३ हजार ४ सय ४० रुपैया मध्ये ५ अर्ब ८ करोड ६० लाख ९९ हजार १ सय १२ रुपैया खर्च भएको छ । कोष तथा लेखा नियन्त्रक कार्यालयले उपलब्ध गराएको तथ्यांक अनुसार पूजिंगत तर्फ असार महिनामा मात्रै कुल खर्चको ३० दशमलव ७७ प्रतिशत अर्थात २ अर्ब २० करोड ७० लाख ८० हजार ९ सय ५८ रुपैया खर्च भएको छ । जिल्लामा पूंजिगत तर्फ केही कम खर्च भएको देखिए पनि राष्ट्रिय परिदृश्यमा भने यो सन्तोषजनक नै मान्न सकिने अवश्थामा रहेको कार्यालय प्रमुख बिष्णु प्रसाद ज्ञवालीको भनाई छ । उनले आर्थिक बर्ष २०७८/०७९ को तुलनामा आर्थिक बर्ष २०७९/०८० मा पूजिंगत खर्चमा बृद्धि भएको बताए ।

“आर्थिक बर्ष २०७८/०७९ मा रुपन्देहीमा ४६ प्रतिशत मात्र पूँजीगत खर्च भएको थियो । ” उनले भने स्थानिय तहमा चालु र पूजिंगत खर्च तर्फ गरि सबैभन्दा बढी सियारी गाउँपालिकाले ८७ दशमलव १५ प्रतिशत खर्च गरेको छ । सियारीले ७५ करोड ८८ लाख ५० हजार मध्ये ६६ करोड १३ लाख २१ हजार खर्च गरेको प्रमुख कोष नियन्त्रक ज्ञवालीले जानकारी दिए । १६ वटा स्थानिय तह रहेको रुपन्देही जिल्लामा सबै भन्दा कम खर्च मर्चवारी गाउँपालिकाले गरेको छ । मर्चवारी गाउँपालिकाको कुल बजेट ५२ करोड २७ लाख २० हजार मध्ये ३३ करोड ७६ लाख ६७ हजार रुपैया अर्थात ६४ दशमलव ६० प्रतिशत मात्र खर्च भएको छ ।

खर्च बढे पनि रुपन्देहीमा भने गत बर्षको तुलनामा निकै कम राजस्व असुली भएको छ । आयात निर्यात प्रभावित हुदा रुपन्देहीमा गत बर्षको भन्दा पनि कम आम्दानी भएको हो । गत बर्षको भन्दा यस बर्ष आम्दानीको लक्ष्य बढी रहे पनि आम्दानी भने गत बर्ष भन्दा पनि कम भएको छ । जिल्लाको सबै भन्दा ठूलो आम्दानीको श्रोत भैरहवा भन्सार कार्यालयले नै लक्ष्य अनुसारको राजस्व असुल्न नसकेपछि आर्थिक बर्ष २०७८/०७९ को तुलनामा आर्थिक बर्ष २०७९/०८० मा २९ प्रतिशतले राजस्वमा कमि आएको छ ।

कोष तथा लेखा नियन्त्रक कार्यालयले उपलब्ध गराएको तथ्यांक अनुसार आर्थिक बर्ष २०७८/०७९ मा रुपन्देहीमा १ खर्ब ४३ अर्ब ६४ करोड ५६ लाख ६० हजार २ सय ५१ रुपैया ८४ पैसा राजस्व असुली भएको थियो । यसको तुलनामा आर्थिक बर्ष २०७९/०८० मा १ खर्ब २ अर्ब २२ करोड ३० लाख ३७ हजार ८ सय ९० रुपैया ६३ पैसा मात्र राजस्व असुली भएको प्रमुख कोष नियन्त्रका बिष्णु प्रसाद ज्ञवालीले जानकारी दिए । यस बर्ष गत बर्षको भन्दा ४१ अर्ब ४२ करोड २६ लाख २२ हजार ३ सय ६१ रुपैया २१ पैसा कम राजस्व असुली भएको उनले बताए ।

रुपन्देहीमा अहिले पनि सबै भन्दा बढी राजस्व भैरहवा भन्सार कार्यालयले नै असुल गरेको छ । भन्सारले ७६ अर्ब ८९ करोड ५ लाख ९८ हजार १ सय ८४ रुपैया असुल गरेको प्रमुख कोष नियन्त्रक ज्ञवालीले बताए । यस्तै आन्तरिक राजस्व कार्यालय भैरहवाले १२ अर्ब २३ करोड ८० लाख ७ हजार ४ सय ८४ रुपैया र आन्तरिक राजस्व कार्यालय बुटवलले १० अर्ब ३६ करोड ३३ लाख ८ हजार २१ रुपैया असुल गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट

हाम्रो बारेमा

प्रधान सम्पादकः सम्झना शर्मा
सम्पादकः ई सुवोध भट्टराई
सम्वादाताः शुष्मा खनाल

सम्वादाताः महेश गुप्ता
आई.टि.:  माेहम्म्द हबिब

 

 

सम्पर्क

एल. स्टार मिडिया प्रा.ली.
सिद्धार्थनगर नगरपालिका-०८, रुपन्देही
फोन: ९८५७०२४६७४
ईमेल: starkhanarnepal@gmail.com, samjhanaje@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३९८२/७९/८०

error: Content is protected !!