भैरहवा । सोसाइटी अफ ट्रावल एन्ड टुर्स अपरेटर्स नेपाल लुम्बिनी प्रदेशको अध्यक्षमा भगवान गुप्ता (श्रीचन्द्र) निर्विरोध निर्वाचित भएका छन । दोश्रो साधारणसभा एवं दोश्रो अधिवेशनबाट आगामी दुई बर्षे कार्यकालको लागि गुप्ता निर्विरोध निर्वाचित भएका हुन।
अधिवेशनले समितिको वरिष्ठ उपाध्यक्षमा दिपक भण्डारी, उपाध्यक्ष उमाशंकर मिश्र, महासचिव अमृत फौदार, कोषाध्यक्ष रवि कुमार मद्देशिया, सचिव दिनेश मल्ल र सह(कोषाध्यक्षमा दिपिका कार्की निर्विरोध निर्वाचित भएकाे निर्वाचन समिति संयोजक वरिष्ठ अधिवक्ता शिव गौडेलले जानकारी दिए ।
समितिको सदस्यहरुमा निर्मला श्रेष्ठ बजिमय, गोपाल अग्रवाल, अरुण फौदार, मीरा सापकोटा, रामचन्द्र थपलिया, नलिन न्यौपाने, राजु भण्डारी र पुर्ण प्रकाश पोख्रेल निर्वाचित भएका छन ।

दोश्रो साधारणसभा कार्यक्रममा बोल्ने वक्ताहरुले पर्यटकको बसाइ सहज बनाउन कनेक्टिभिटी एवम डिजिटल गेटवे पेमेन्ट भुक्तानीलाई सहज बनाउन आग्रह गरे । भैरहवामा रहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय बिमानस्थल संचालनमा राज्य उदासिन भएको वक्ताहरुको गुनासो थियो ।
उध्योग बाणिज्य संघका अध्यक्ष ठाकुर कुमार श्रेष्ठले पर्यटकको रुपमा आउने भारतिय पर्यटकलाइ पनि अन्य पर्यटक सरह नै व्यवहार गर्न आग्रह गरे । अन्य पर्यटकको तुलनामा भारतिय पर्यटकले धेरै खर्च गर्ने भएकोले हाल भारतिय पर्यटकले ल्याउन पाउने २५ हजारको सीमा बढाउन पनि उनले आग्रह गरे ।
लुम्बिनीका सदभावनादूत बिक्रम पांडे “काजी” लुम्बिनीमा पर्यटकको बसाई लम्ब्याउने गरि कार्यक्रम ल्याउन आग्रह गरे । यसको लागि उनले आफैले प्रयास गरेर मायादेवी सुत्केरी मार्ग, महाअभिनिष्क्रमण, भगवान गौतम बुद्धको जन्मभुमिमा शान्ती म्याराथन लगायतको आयोजना गरेको बताए । यस्ता कार्यक्रम सरकारको मुख मात्र नताकी सोट्टो लगायतको संस्थाहरुले पनि गरिनुपर्ने उनले आवस्यकता औल्याए ।
उध्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य राजेश कुमार अग्रवालले गौतम बुद्ध अन्तरास्ट्रिय बिमानस्थल संचालनको लागि नियामक संस्थाहरु उदासिन रहेको बताए । उनले नियामक निकायहरुले नियमित ४ वटा उडान गर्ने वायु सेवा कम्पनीहरुलाइ भैरहवाबाट अनिवार्य उडान गर्न बाध्यकारी ब्यवस्था ल्याउनु पर्ने बताए । बिमानस्थल संचालनमा नआए सम्म पर्यटकहरुको आगमनमा वृद्धि गर्न नसकिने उनको भनाइ थियो ।

सोट्टो नेपालका केन्द्रिय अध्यक्ष भुवन बहादुर पाण्डेले सोट्टो नेपाल लुम्बिनीले स्थापनाकाल देखि नै उत्कृष्ट काम गरेको बताए । उनले सोट्टो नेपाल लुम्बिनीको हरेक काममा सहकार्य गर्ने बताए ।
रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले पर्यटनको बिकासको लागि पर्यटन पुर्वाधारले महत्व राख्ने र यसमा रुपन्देही सम्पन्न रहेको बताए । उनले पर्यटकको सुविधाको लागि लुम्बिनी र यस आसपासमा बिशेस ध्यान दिइएको बताए । यस क्षेत्रमा रहेका पर्यटकिय पुर्वाधारको प्रचार प्रसार गर्न आवश्यक रहेको बताए । सीमावर्ती क्षेत्रबाट आउने पर्यटकलाइ नेपालले विशेष माया दिने गरेको उनको भनाइ थियो । पर्यटन प्रवर्द्धनको लागि रुपन्देहीमा रात्रीकालिन ब्यवसाय संचालनको अनुमती दिइएको उनले बताए । रुपन्देही प्रशासन पर्यटकको सुरक्षाको लागि तत्पर रहेको दावी गरे । गुणस्तरीय पर्यटनमा ध्यान दिन उनले पर्यटन ब्यवसायीहरुलाइ सुझाव दिए ।
कार्यक्रमका बोल्दै प्रमुख अतिथी सिद्धार्थनगर नगर पालिकाका प्रमुख इस्तियाक अहमद खाँनले भारतीय पर्यटकलाइ लक्षित गरि गौतमबुद्ध अन्तर्राष्ट्रिय बिमानस्थल उडान गरे पनि प्रयाप्त हुने बताए । उनले नेपाल धार्मिक पर्यटन एवम साहसिक पर्यटनको लागि प्रसिद्ध रहे पनि भारतिय पर्यटक प्रती गरिने ब्यवहारमा असन्तुष्टि जनाए । भारतिय पर्यटकलाइ लक्षित गरि गरिने दुव्र्यवहार एवम ठगी नियन्त्रण नभए सम्म पर्यटन क्षेत्रको सुधार नहुने उनको तर्क थियो । नेपाल भारत पर्यटन बिकासमा पर्यटन ब्यवसायीहरु नै अगाडी आउनु पर्ने उनले बताए । “यसको लागि दुबै देशका पर्यटन ब्यवसायीको सहाकार्य अपरिहार्य रहेको छ ।” खाँनले भने
सोट्टो लुम्बिनीको अध्यक्ष सन्जय बजिमयको अध्यक्षता एवम सन्चारकर्मी सम्झना शर्माको संचालनमा साधारणसभा सम्पन्न भएको थियो ।
