भैरहवा । चाेरीकाे घटनामा भारतिय महिलालाई रुपन्देही प्रहरीले पक्राउ गरेकाे छ ।
रुपन्देहीको भैरहवामा विभन्न ठाउमा क्रमबद्ध रुपले भएकाे चाेरीमा संलग्नता रहेकाे भन्दै गीता तिवारीलाई नियन्त्रणमा लिएकाे जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जानकारी दिएकाे छ ।
चोरी, लुट, हत्या आरोप लगायतको घटनामा संलग्न रहेकी तिवारी भारतीय प्रहरीको हिरासतबाट धरौटीमा रिहा भएकी थिईन । रिहाइ सँगै उनले चाेरीकाे क्रियाकलाप भैरहवामा केन्द्रीत बनाएकी थिईन, भैरहवामा भएको सिलसिलेवार चोरी घटनाकी मूख्य आरोपी तिवारी नै रहेकाे रुपन्देही प्रहरी प्रमुख प्रहरी उपरिक्षक भरत बहादुर विश्वकर्माले जानकारी दिए ।
४३ बर्षिय गाेरखपुर बस्दै आएकाे तिवारीले बैशाख ९ गते सिद्धार्थनगर नगर पालिका वडा नम्बर ३ बस्ने हेमन्त कुमार हलवाईको घरबाट सुनका गरगहना सहित ५० लाख बराबरको चोरी गरेको घटनामा संलग्न रहेकी थिईन ।
यस्तै बैशाख २३ गते सिद्धार्थनगर नगर पालिका वडा नम्बर ३ बस्ने डाक्टर नरेन्द्र चौधरीको घरबाट सुन चाँदीका गहना, ल्यापटप र ३ लाख ८० हजार रुपैया चोरी गरेको, जेठ ३ गते सिद्धार्थनगर नगर पालिका वडा नम्बर ८ बस्ने हुमनाथ पाण्डेको घरबाट ६० हजार नगद सहित ल्यापटप, मोबाईल, सुनको औठी चोरी गरेको आरोप प्रहरीले लगाएको छ ।
तिवारीकै समूहले असार ११ गते सिद्धार्थनगर नगर पालिका वडा नम्बर ९ बस्ने श्याम सुन्दर अग्रवालको घरबाट सुनको गहना, ल्यापटप मोबाईल लगायत नगद १ लाख १५ हजार लुटेको प्रहरीको दावी छ । प्रहरीले तिवारीलाई सिद्धार्थनगर नगर पालिका वडा नम्बर ३ बस्ने दिपक यादवको घरबाट पक्राउ गरेको जनाएको छ । प्रहरीले तिवारीबाट कटुवा पेस्तोल जस्तो देखिने पेस्तोल १ थान, केएफ ७ दशमलव ६५ लेखेको गोली ३ राउण्ड, २ वटा खुकुरी, १ वटा चक्कु, सलाई रिन्च ३ वटा, छिनो १ वटा, एक वटा मोटरसाईकल , भारतीय नम्बर प्लेट भएको स्कुटि १ वटा, ग्यासकटर, ७ हजार ६ सय ६५ नेपाली रुपैया र ५ हजार ४ सय ४५ भारतीय रुपैया बरामद भएको एसपी बिश्वकर्माले बताए ।
पक्राउ परेकी तिवारीलाई चोरी तथा डाका सम्बन्धि कसुरमा ५ दिन म्याद थप गरि अनुसन्धान भईरहेको उनले बताए । यस्तै हातहातियार तथा खरखजाना सम्बन्धि कसुरमा समेत अनुसन्धान भईरहेको विश्वकर्माको भनाई छ । तिवारीका समूहका अन्य सदस्यहरुको समेत खोजी भईरहेको उनले बताए
