भैरहवा । रुपन्देही कोटहीमाई गाउँपालिकाका इन्जिनियर अरबिन्द कुमार यादव घुस सहित पक्राउ परेका छन ।
कोटहीमाई गाउँपालिका वडा नं. ७ अन्तर्गतको सडक पिसीसी र ग्रावेल गर्ने कार्यको नापजाँच पश्चात भुक्तानी दिने प्रयोजनार्थ सेवाग्राहीसँग घुस र रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवलबाट खटिएको टोलीले ४५ हजार घुस लिइसकेको अवस्थामा पक्राउ गरेको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिए ।
इन्जिनियर यादवलाई सेवाग्राहीबाट रकम लिइसकेको अवस्थामा नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ ।
