सिद्धार्थनगर ‘ग्रिन’ अभियान अन्तर्गत चार हजार विरुवा वितरण

भैरहवा। सिद्धार्थनगर नगरपालिकाको कार्यालयले नगरवासीहरुलाई विरुवा वितरण कार्य सुरु गरेको छ । नगरलाई ‘क्लिन’, ‘ग्रिन’ एण्ड ‘इको फ्रेन्डली’ बनाउने अभियान अन्र्तगत नगरपालिकाको कार्यालयले मंगलबारबाट नगरवासीहरुलाई विरुवा वितरण सुरु गरेको हो ।

वर्षा सुरु भए पश्चात ७५ प्रतिशत अनुदानमा विभिन्न प्रकृतिका चार हजार चार सय फलफुलका विरुवा वितरण कार्य सुरु गरिएको सिद्धार्थनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज पौड्यालले बताए ।

नगपालिकाको कृषि शाखा प्रमुख योगेन्द्र प्रसाद यादवका अनुसार आँपको अमरपाली, दशहरी, माल्दा, बम्बईया प्रजाती, लिची, अनार, कटहर, अम्बा, अमला र एभोकाडोको विरुवा वितरण भइरहेको छ । उनले पहिलो दिन २ सय ७० जना नगरवासीले विभिन्न प्रजातीका विभिन्न विरुवा अनुदानमा लगेको बताए ।

‘वर्षायाम सुरु भएपछि वृक्षारोपणका लागि हामीले फलफुलका विरुवा वितरण गरेका हौँ’ सिद्धार्थनगर नगरपालिका प्रमुख इश्तियाक अहमद खानले भने, ‘यसपछि नगरपालिकाको कार्यालयबाट पनि नगरमा वृक्षारोपण गर्ने तयारी छ । जसका लागि हामीले विरुवा पनि ल्याएर राखिसकेका छौँ ।’

उनले नगरलाई ‘क्लिन’, ‘ग्रिन’ एण्ड ‘इको फ्रेन्डली’ बनाउनका लागि विरुवा वितरण गरिरहेको र वृक्षारोपण गर्ने तयारी गरेको बताए ।

‘नगरलाई हरियाली बनाउनका लागि हाम्रो एकल प्रयासले मात्र हुदैन’ उनले भने, ‘नगरवासीहरुले पनि नगरका विभिन्न स्थानमा स्वतस्र्फूत रुपमा वृक्षारोपण गर्नुपर्छ । वृक्षारोपणले नगर सुन्दर हुनुका साथै यस क्षेत्रको बढ्दो तापक्रमलाई घटाउनमा पनि मद्दत पुग्नेछ ।’

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट

हाम्रो बारेमा

प्रधान सम्पादकः सम्झना शर्मा
सम्पादकः ई सुवोध भट्टराई
सम्वादाताः शुष्मा खनाल

सम्वादाताः महेश गुप्ता
आई.टि.:  माेहम्म्द हबिब

 

 

सम्पर्क

एल. स्टार मिडिया प्रा.ली.
सिद्धार्थनगर नगरपालिका-०८, रुपन्देही
फोन: ९८५७०२४६७४
ईमेल: starkhanarnepal@gmail.com, samjhanaje@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३९८२/७९/८०

error: Content is protected !!