भैरहवा । रोट्रयाक्ट क्लब अफ सेन्ट्रल रोहिणीको आयोजनामा सोमबारदेखि धकधईमा प्रथम रोहिणी सांस्कृतिक महोत्सव २०८० आयोजना हुदैछ । आईतबार पत्रकार सम्मेलनको आयोजना गरी क्लबले धईकधईस्थित रामनरेश माविको पुर्वपट्टी खाली जग्गामा महोत्सव गरिने जानकारी गरायो ।
संस्कृतिको जगेर्ना गर्दै नव गठित रोट्रयाक क्लब अफ सेन्ट्रल रोहिणीलाई त्यस क्षेत्रमा पहिचान दिलाउने उद्देश्यसहित महोत्सवको आयोजना गर्न थालेको आयोजकको भनाई छ । मेला न्यू एम के साउण्ड सिस्टमको ब्यवस्थापनमा हुन लागेको हो । महोत्सवमा नेपाल र भारतका प्रख्यात कलाकारको प्रस्तुति रहने रोट्रयाक क्लब अफ सेन्ट्रल रोहिणीका अध्यक्ष रामकृष्ण बरालले जानकारी दिए । “दिनभर रोपाईा थाकेका स्थानीयलाई सांझ ५ बजेदेखि सांस्कृतिक कार्यक्रमबाट आनन्द दिने छौं उनले भने ।”
महोत्सवमा नेपाली कलाकार प्रिति आले, ज्योती मगर, प्रमोद जख्मीका साथै भारतीय कलाकार रम्पत हरामी, खेसारीलाल लगायत एलिजा गु्रप डान्स र सोननी गु्रप डान्सको प्रस्तुती रहने बरालले बताए । यस्तै महोत्सवमा ३ दिनको लागि नेपाल र भारतीय पहलवान बीच कुस्ती प्रतियोगिता पनि गराईने उनले बताए । महोत्सवमा बिभिन्न ४० वटा स्टलका साथै बाल उद्यानहरु पनि रहेका छन् । महोत्सवको प्रवेश शुल्क १ सय रुपैया तोकिएका छ । विद्यार्थीलाई भने ५० प्रतिशत छुट दिईने क्लबका कोषाध्यक्ष हसामु अलीले बताए । उनले महोत्सवमा करीब २० लाख खर्च हुने र यसको सबै ब्यवस्थापन न्यू एम के साउण्ड सिस्टमले गर्ने बताए ।
मेलाका लागि गाउंपालिका र अन्य कुनै सरकारी निकायसंग आर्थिक सहयोग नलिइएको उनीले स्पष्ट पारे । यस अघि पालिकाले बजेट दिएको भन्ने सामाजिक संजालमा भ्रम फैलाईएको थियो । प्रतियोगिताको सोमबार सांझ ५ बजे प्रतिनिधि सभा सदस्य छविलाल विश्वकर्माले उद्घाटन गर्ने कार्यक्रम रहेको रोट्रयाक्ट क्लब अफ सेन्ट्रल रोहिणीका सचिव ईमरान खाँनले जानकारी दिए । क्लबले महोत्सव स्थलमै रतmदान कार्यक्रम गर्ने, निशुल्क स्वास्थ्य परिक्षणको व्यवस्था मिलाउने समेत जानकारी दिए । सेन्ट्रल रोहिणीले आफ्ना सदस्यहरुको क्षमता अभिवृद्धिका लागि प्रस्ताव लेखन तालिम, कम्फ्युटर शिक्षा समेत प्रदान गर्दै आईरहेको अध्यक्ष वरालले जानकारी दिए ।
