सरकार भारतीय व्यवसायी मुखि भएकाे ट्रक यातायात व्यवसायीकाे आरोप

भैरहवा। ट्रक यातायात व्यवसायीले सरकार नेपाली व्यवसायी मुखि भन्दा पनि भारतीय व्यवसायी मुखि भएकाे बताएका छन । लुम्बिनी ट्रक यातायात व्यवसायी संघ रूपन्देहीको ११ औं वार्षिक साधारणसभामा बाेल्दै उनीहरूले राज्यको नीतिका कारण व्यवसाय गर्न कठिन रहेको आन्दोलनमा जानुको विकल्प नरहेको बताए ।

ट्रक यातायात व्यवसाय सधै समस्यामा परिरहेको  छन् । राज्यले भारतीय ट्रक निर्वाध रुपमा चल्न पाउने नीति बनाउने तर नेपालका व्यवसायी समस्यामा पर्दा चाँसो नदिँदा समस्या परेकाे बताए । नेपाल ट्रक यातायात व्यवसायी महासंघका कार्यवाहक अध्यक्ष लोकराज पोखरेलले व्यवसायीलाई नेताले भ्र्याङ बनाएर माथि उक्लिने र माथि पुगेपछि कुल्चिदा समस्या भएको बताउँदै भारतीय ट्रकका कारण व्यवसाय गर्न कठिन भएकोमा जोड दिए ।

नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य महेन्द्र कुमार श्रेष्ठले ट्रक व्यवसायमा भएका चुनौतिलाई सामना गर्दै अगाडि बढ्नु पर्ने बताए । कहिले नाकावन्दीको भार कहिले भुकम्पको प्रभावर कहिले कोरोना महामारीका विषम अवस्थाहरुमा समेत ज्यानको बाजी राखेर विभिन्न समस्या झेल्दै कठिन परिस्थीतीको सामना गर्दै बल्ल तल्ल गुज्रिदै आएको लुम्बिनी ट्रक यातायात व्यवसायी संघ रुपन्देहीका अध्यक्ष विष्णुप्रसाद खरेलले बताए । उनले ट्रक व्यवसायी विगत ३ वर्ष यता पूर्व पश्चिम राजमार्ग अन्तर्गत बुटवल– नारायणगढ सडक खण्डको दुराअवस्थाले गर्दा ट्रकहरुमा अत्याधिक टुटफुटको खर्च आउने र डिजेलको चरम मुल्यवृद्धिको मारले गर्दा र उद्योग कलकारखानाहरुमा संकट अवस्थामा गुज्रीरहेकोले उत्पादन अत्यन्त कमी हुदाँ पेशा झन् धरापमा पर्दै गएको अध्यक्ष खरेलले बताए ।

नेपाल ट्रक यातायात व्यवसायी महासंघ र लुम्बिनी ट्रक व्यवसायी संघ स्थानीय संघ संस्थाको पहलमा भारतिय ट्रकको नेपालमा निर्वाद आगमनलाई रोक्ने प्रयास गरेता पनि सरकारको ७२ घण्टे निती हाम्रो लागि आपतीजनक सम्झौताका कारण दैनिक हजारौ भारतिय ट्रक प्रहरी र प्रशासनिक निकाय कै संरक्षणमा निर्वाद गुड्ने गरेकोले व्यवसाय थप संकटमा परेको छ । विशुद्ध नेपालीहरुको मात्र लगानी भएको ट्रक यातायात व्यवसायीमाथि बैंकको चर्को ब्याजले गर्दा धान्नै नसकेको र आत्मदाह नै गर्ने अवस्थामा पुगेको बताउँदै लगानी सुरक्षित बनाउन राज्यले अविलम्ब ध्यान दियोस भन्ने आग्रह अध्यक्ष खरेले गरे ।

महासचिव रुमाखर गौतमले दुर्घटना न्यूनिकरणका लागि चालक सहचालकहरुलाई प्रशिक्षण, अन्तरक्रिया गर्दै भारतीय गाडीले नेपालमा निर्वाद रुपमा सन्चालन गर्ने कार्य रोक्नका लागि ठोस निति बनाएर भन्सार बिन्दुबाट भारत तर्फ पठाउने नितीका लागि पहल गर्ने भावि योजना रहेको बताए ।

कार्यक्रममा कोषाध्यक्ष सन्तराम पाण्डेले आर्थिक प्रतिवेदन, महासचिव रूमाखर गौतमले महासचिवको प्रतिवेदन र भावियोजना प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट

हाम्रो बारेमा

प्रधान सम्पादकः सम्झना शर्मा
सम्पादकः ई सुवोध भट्टराई
सम्वादाताः शुष्मा खनाल

सम्वादाताः महेश गुप्ता
आई.टि.:  माेहम्म्द हबिब

 

 

सम्पर्क

एल. स्टार मिडिया प्रा.ली.
सिद्धार्थनगर नगरपालिका-०८, रुपन्देही
फोन: ९८५७०२४६७४
ईमेल: starkhanarnepal@gmail.com, samjhanaje@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३९८२/७९/८०

error: Content is protected !!