अख्तियार लगायत निकायमा नियुक्तिबारे छलफल गर्न प्रधानमन्त्री

  • अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायतका संवैधानिक आयोगमा नियुक्तिको विषयमा प्रधानमन्त्रीसहित तीन शीर्ष नेताबीच बालुवाटारमा छलफल भएको छ ।

    प्रधानमन्त्री निवास बालुटावारमा प्रधानमन्त्री केपी शर्मा ओली सत्तारुढ नेकपा अध्यक्ष पुष्पकमल दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवाबीच छलफल भएको हो ।

    छलफलमा सहमति भएमा संवैधानिक परिषद्को बैठक बोलाएर नियुक्तिको तयारी छ । अख्तियारमा दुई आयुक्त पद रिक्त छन् । जसमा एक पद कांग्रेसले दाबी गरेको छ ।

    नेकपाको कोटाबाट गृहसचिव प्रेम कुमार राई तथा अर्थसचिव राजन खनालको नाम चर्चामा छ । दुवै जना केही महिनापछि अवकाश पाउँदैछन् ।

    त्यस्तै सत्यनिरुपण तथा मेलमिलाप आयोग, वेपत्ता आयोगलाई पूर्णता दिन र रिक्त रहेका अन्य संवैधानिक निकायका नियुक्तिका बारेमा समेत छलफल भएको बालुवाटार स्रोत बताउँछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा अपडेट

    हाम्रो बारेमा

    प्रधान सम्पादकः सम्झना शर्मा
    सम्पादकः ई सुवोध भट्टराई
    सम्वादाताः शुष्मा खनाल

    सम्वादाताः महेश गुप्ता
    आई.टि.:  माेहम्म्द हबिब

     

     

    सम्पर्क

    एल. स्टार मिडिया प्रा.ली.
    सिद्धार्थनगर नगरपालिका-०८, रुपन्देही
    फोन: ९८५७०२४६७४
    ईमेल: starkhanarnepal@gmail.com, samjhanaje@gmail.com

    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३९८२/७९/८०

    error: Content is protected !!