भैरहवा । बम पड्काउदै फिरौती रकम माग गर्ने गिरोहका तिन जनालाई रुपन्देही प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा सियारी गाउंपालिकाका अध्यक्षका चालक समेत रहेका छन् ।
विहीवार पत्रकार सम्मेलन मार्फत विभिन्न ठाउंबाट पक्राउ परेको जानकारी गरायो । पक्राउ पर्नेमा रुपन्देहीको सियारी गाउंपालिका ४ का २७ वर्षिय अब्दुल हाकिम खांन, रुपन्देहीको कोटहीमाई ३ पर्सियाका वर्ष २२ का सुरज लोहार, कोटहीमाई ४ का सुरज थारु रहेका छन् ।
उनीहरुलाई रुपन्देहीका विभिन्न स्थानबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरिक्षक भरत बहादुर विकले जानकारी दिए । उनीहरु ीतनै जना रुपन्देहीका विभिन्न स्थानमा बम पड्काउने र फिरौती रकम माग गर्ने अपराधिक कार्यमा संलग्न भएको प्रहरीको दावी छ । गत मंगलबार पक्राउ परेका उनीहरुलाई अदालतबाट म्याद थप गरी अनुसन्धान गरिएको प्रहरीले जनाएको छ । घटनामा अन्य सम्लग्न रहेको आशंका प्रहरीको छ ।
प्रहरीका अनुरसार नयां वर्षको सुरु दिन,अर्थात २०८० बैशाख १ गते सियारी गाउंपालिकाका अध्यक्ष थानेश्वर घिमिरेको घरलाई लक्षित गरी पर्खालमा प्रसेर कुकर बम राखेका थिए । उतm बम स्थानीयको सुचना लगतै नेपाली सेनाको टोलीले डिस्पिोज गरेको थियो । यस्तै असार एक गते व्यवसायी भैरव प्रसाद कलवारको सिद्धार्थनगर ४ मा रहेको दाना फ्याक्ट्री गोदामको पर्खाल बाहिर प्रसर कुकर बम विस्फिट गराएका थिए । व्यतिmसंग फिरौती माग गर्न तर्साउने उद्देश्यले सिटी हस्पिटल भैरहवा नजिकै सडकमा समेत बम विस्फिोट गराएको र यी सबै घटनामा तिनै जनाको सम्लग्नता रहेको तथ्य फेला पारेको प्रहरीको भनाई छ । उनीहरुबाट केही दुई थान मोटरसाईकल तथा घटनामा प्रयोग भएका पांच थान मोवाईल समेत प्रहरीले वरामद गरेको जनाएको छ । रुपन्देहीमा सिरियल रुपमा बम भेटिने तथा चोरी बढ्दै जान थालेपछि प्रहरीको सक्रियता बढाईएको लुम्बिनी प्रदेश प्रमुख प्रहरी नायब महानिरिक्षक उमेशराज जोशीले बताए ।
प्रहरीले आरोपीहरुबाट ५ थान मोबाइल र २ वटा मोटरसाइकल समेत बरामद गरेको छ । उनिहरुमाथी बिष्फोटक पदार्थ सम्बन्धि कसुरमा मुद्दा दर्ता गरिएको प्रहरीले जानकारी दिएको छ । लुम्बिनी प्रदेश प्रमुख प्रहरी नायब महानिरिक्षक जोशीले रुपन्देही प्रहरीको ठूलो सफलता भएको बताए । ” संगठित रुपमा फिरौती माग्ने गिरोहलाई नियन्त्रणमा लिन सफल भएका छौ ।” जोशीले भने “रुपन्देहीमा अन्य जिल्लाबाट पनि प्रहरी ल्याएर सुरक्षा कडा बनाएका छौ ।”
