सिद्धार्थनगरको बजेट १ अर्ब १३ करोड, पूर्णपाठ सहित

उद्योग ,व्यापार तथा पर्यटन प्रवर्द्धन सहित डिजिटल र ग्रिन क्लिन इको फ्रेन्ड्ली नगरपालिकाको रुपमा विकास

भैरहवा । सिद्धार्थनगर नगरपालिकाले आगामी आर्थिक वर्ष २०७९–८१ का लागि १ अर्ब १३ करोड ४१ लाख ४२ हजार बराबरको बजेट ल्याएको छ । आईतबार भैरहवामा आयोजित पालिकाको १३ औं अधिवेशनमा सिद्धार्थनगर नगरपालिकाकी उप–प्रमुख उमा अधिकारीले नगरबासीको विकास र समृद्धिको चाहनालाई सम्बोधन गर्ने तथा सीमान्तकृत तथा पछाडि परेका वर्ग, क्षेत्र, लिङ्ग र समुदायलाई आर्थिक लाभको पहुँचमा पुर्याृउने लक्ष्य सहित बजेट तथा कार्यक्रम ल्याएकी हुन ।

बजेट अगावै नगरप्रमुख खाँले १ सय ३३ बुंदे नीति तथा कार्यक्रम सार्वजनिक गरेका थिए । नगरपालिकाको आर्थिक वर्ष १०८०÷८१ मा संघीय सरकार बाट समानीकरण अनुदानमा रु. १७ करोड ८९ लाख, ससर्त अनुदानमा रु. २८ करोड ५४ लाख, समपूरक अनुदान रु. ८० लाख, विशेष अनुदान रु. ९० लाख ,राजश्व वाडफाड रु. १० करोड ४३ लाख ४६ हजार र प्रदेश सरकार बाट वित्तीय समानीकरण अनुदान रु. १ करोड ४७ लाख ३३ हजार , सशर्त अनुदान रु ८६ लाख ५० हजार , राजस्व बाँडफाँट रु. ८६ लाख ८० हजार ४ सय १३३ , समपूरक अनुदान रु. १ करोड ५० लाख , नेपाल सरकार र एसियाली विकास बैंकको संयुक्त लगानीमा संचालन हुने परियोजनाको लागि दातृ निकाय बाट प्राप्त हुने रकम रु.१३ करोड ४० लाख, मालपोत कार्यालयबाट प्राप्त हुने राजस्व बाँडफाँडको रकम रु. ५ करोड , आन्तरिक आयबाट रू.१९ करोड ९५लाख र अनुमानित बैंक मौज्दात रु ११ करोड ८९ लाख ३२ हजार ५ सय ८७ गरी जम्मा १ अर्ब १३ करोड ४१ लाख ४२ हजार हुने अनुमान बजेट प्रस्तुत गर्दै नगरउप प्रमुख अधिकारीले जानकारी दिइन ।

नगरबासीको समृद्धि, सुशासन र सामाजिक न्याय कायम गर्ने लक्ष्यका साथ नगरपालिका भित्रको उद्योग ,व्यापार तथा पर्यटन प्रवर्द्धन गर्ने, डिजिटल र ग्रिन क्लिन इको फ्रेन्ड्ली नगरपालिकाको रुपमा विकास गर्ने, युवालाई नगरभित्रै आर्थिक गतिविधिमा आबद्ध हुन अभिप्रेरित गर्ने, उद्यमशीलता विकास गरी गरिबी न्यूनीकरण गर्ने, सार्वजनिक सम्पत्तिको जगेर्ना गर्ने तथा स्रोत र साधनको मितव्ययी, प्रभावकारी एवम् परिणाममुखी परिचालन गर्ने दिशामा बजेट उन्मुख रहेको छ
बजेटमा पूर्वाधार विकास, सामाजिक समावेशीकरण, वातावरण संरक्षण तथा विपद व्यवस्थापन, आर्थिक–सामाजिक विकास र सुशासन तथा संस्थागत विकास लगायतका क्षेत्रमा प्राथमिकता दिइएको छ ।

गुणस्तरीय सामाजिक विकास, सुरक्षा र न्याय प्रत्याभूत गर्ने, निजी क्षेत्रको मनोवल उच्च पार्ने र आय तथा रोजगारीका अवसर सिर्जना गरी गरिबी न्यूनीकरण गर्ने, प्रशासकीय सुशासन कायम गर्ने, सार्वजनिक सेवा प्रवाहलाई चुस्त दुरुस्त तथा सेवाग्राही मैत्री बनाउने, नगरबासीलाई घरदैलोमै स्थानीय सरकारको अनुभुति दिलाउने बजेटका उद्देश्य रहेको सिद्धार्थनगर नगरप्रमुख इस्तियाक अहमद खाँले भने ।

उनले अहिलेको बजेटमा कृषि, शिक्षा,स्वास्थ्य र पर्यटन क्षेत्रको विकास,सामाजिक क्षेत्रको विकास र सामाजिक सुरक्षा, गुणस्तरीय भौतिक पूर्वाधार निर्माण, डिजिटल र ग्रिन क्लिन इको फ्रेन्ड्ली नगरको निर्माण, वातावरण संरक्षण, जलवायु परिवर्तन र विपद व्यवस्थापन, मानव संसाधन विकास र रोजगारी सिर्जना, सहकारी लगायतका वित्तीय क्षेत्र सुधार र सार्वजनिक सेवा प्रवाहमा सुधार लगायतका प्रथामिकतामा रहेको बताए ।

उनले वार्षिक नीति तथा कार्यक्रममा समावेश भएका प्राथमिकताका कार्यक्रमहरू कार्यान्वयन गर्न संघीय सरकार, प्रदेश सरकार र दातृनिकायहरू, निजी क्षेत्र सँग सहकार्य र समन्वय गरिने र उपलब्ध श्रोत, साधन, सीप, पूँजी र क्षमताको उपयोग गर्न विषयगत निकायहरूसँग साझेदारी गरिने बताए ।

नगरपालिकाले गरका हाल कार्यान्वयनका क्रममा रहेका क्रमागत तथा बहुवर्षीय योजनाहरु सम्पन्न गर्नका लागि ३ करोड ५०लाख, नगरमा बिद्युत पोल व्यवस्थापनका लागि रु ९ लाख , पृथ्वी पार्क निर्माणका लागि प्रदेश सरकार समपूरक अनुदानबाट रू. ५० लाख र नगरपालिकाको सहभागिता रू. १ करोड गरी कुल जम्मा रू. १ करोड ५० लाख विनियोजन गरेको छ । सामुदायिक कृषि हाटबजार बी ब्लक को पूर्वाधार निर्माण गर्न प्रदेश सरकार समपूरक अनुदानबाट रू. १ करोड र नगरपालिकाको सहभागिता रू. १ करोड गरी कुल जम्मा रू २ करोड विनियोजन गरेको छ ।

वडास्तरीय योजनाको लागि रू.१० करोड ६५ लाख विनियोजन गरेको छ । सवारी दुर्घटना न्युनीकरण गर्न जेव्रा क्रसिंग निर्माण तथा ट्राफिक सचेतना अभियान कार्यक्रमका लागि रु १० लाख, नगर क्षेत्र भित्र सडक सौन्दर्यीकरण,ग्रिन क्लिन इको फ्रेन्ड्ली सिटी निर्माणका लागि ४५ लाख, नगरपालिकाको विभिन्न सडकहरूमा सडक बत्ती व्यवस्थापनका गर्न आवश्यक विद्युत सामग्री खरीदका लागि रू. ५० लाख विनियोजन भएको छ ।

नगरका विभिन्न स्थानमा फायर हाइड्रेन्ट जडान तथा निर्माण कार्यका लागि रु. १५ लाख, बेलहिया बसपार्क व्यवस्थापन का लागि रु २० लाख ,बेलहियामा वाटर एटिएम जडानका लागि रु ७ लाख ,विद्युत स्मार्ट लाइट का लागि रु ५० लाख बेलहियामा वाटर फाउन्टेन जडान तथा सुन्दरीकरणका लागि २० लाख रकम विनियोजन गरिएको छ ।

छाडा चौपाया व्यवस्थापनका लागि कान्जिहाउस निर्माण र घाट व्यवस्थापनका लागि रु ४२ लाख, कान्जिहाउस जाने सडक निर्माणका लागि २५ लाख ,अन्य पालिकाको साझेदारी समेत ल्याण्डफिल साइट व्यवस्थापन पूर्वाधार निर्माण ७० लाख, नौडिहवा गाउमा मदिना मश्जिद निर्माण १४ लाख ,मेउडिहवामा प्रस्तावित धर्मशालाको कम्पाउण्ड वाल निर्माणका लागि २२ लाख, नगरपालिकाको निर्माणाधिन प्रशासनिक भवनका लागि लागत सहभागिता र समपूरक अनुदान गरी रु.२ करोड ४९ लाख ,हाउस नम्बरिङ्ग कार्यको लागि रु ७० लाख विनियोजन गरेको छ ।

सामाजिक तर्फ ८० वर्ष उमेर पुगेका जेष्ठ नागरिकको घरदेलो मै पुगी स्वास्थ्य परीक्षण का लागि रु २ लाख ५० हजार, फोहोरमैला क्षेत्र प्रभावित वार्ड १ र २ का बासिन्दालाइ वार्ड कार्यालयको सिफारिसमा निशुल्क स्वास्थ्य विमा कार्यक्रमका लागि ७ लाख बजेट , नगरवासीहरुको निशुल्क आँखा जाँच शिविरका लागि १० लाख, र निशुल्क रगतका लागि १० लाख बजेट विनियोजन भएकोे छ ।

बजेटकाे पूर्णपाठ हेर्न यहाँ क्लिक गर्नुहाेस sinapa bujet

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट

हाम्रो बारेमा

प्रधान सम्पादकः सम्झना शर्मा
सम्पादकः ई सुवोध भट्टराई
सम्वादाताः शुष्मा खनाल

सम्वादाताः महेश गुप्ता
आई.टि.:  माेहम्म्द हबिब

 

 

सम्पर्क

एल. स्टार मिडिया प्रा.ली.
सिद्धार्थनगर नगरपालिका-०८, रुपन्देही
फोन: ९८५७०२४६७४
ईमेल: starkhanarnepal@gmail.com, samjhanaje@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३९८२/७९/८०

error: Content is protected !!