रुपन्देहीकाे सिमा क्षेत्रबाट २ करोड बढीको सुन बरामद

भैरहवा । नेपालबाट भारत तर्फ लैजादै गरेको अवस्थामा सुन जस्तो देखिने पदार्थ बरामद भएको छ ।

रुपन्देहीको लुम्बिनी सास्कृतिक नगरपालिका १३ कालिदह क्षेत्रबाट कारमा राखेर लैजादै गरेको अवस्थामा सशस्त्र प्रहरी बलको टीमले नियन्त्रणमा लिएको हो ।

स्रोतका अनुसार सीमा सुरक्षा गुल्म, डण्डा, रुपन्देही मातहत रहेको बिओपी बयरघाटले शनिबार राती साढे ९ बजेको समयमा भारत तर्फ जादै गरेको बा.१२ च.३८२० नं. को मारुती सुजुकी कार चेकजाँच गर्दा इटा आकारमा रहेको २ थान सुन जस्तो देखिने पदार्थ बरामद भएको छ । बरामद सँगै गाडी र चालकलाई समेत नियन्त्रणमा लिएको स्रोतले जानकारी दिएको छ । बरामद सामान भैरहवा भन्सार कार्यालय बुझाइएको छ । उक्त बस्तुको मुल्य अन्दाजी करिब २ करोडको रहेको छ ।

यो नाकाबाट अहिलेसम्मकै ठूलो परिमाणमा सुन ल्याएको हुनसक्ने प्रहरीको अनुमान छ । ‘सुनचाँदी व्यवसायीले जाँचेपछि मात्रै सुन हो वा होइन प्रमाणित हुनेछ । बरामद गरिएको उक्त अबैध सुनजस्तो वस्तु ककरहवा नाका हुँदै भारत तर्फ लैजाँदै गर्दा गोप्य सुचनाको आधारमा बरामद गरेको हो । घटनामाबारे अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट

हाम्रो बारेमा

प्रधान सम्पादकः सम्झना शर्मा
सम्पादकः ई सुवोध भट्टराई
सम्वादाताः शुष्मा खनाल

सम्वादाताः महेश गुप्ता
आई.टि.:  माेहम्म्द हबिब

 

 

सम्पर्क

एल. स्टार मिडिया प्रा.ली.
सिद्धार्थनगर नगरपालिका-०८, रुपन्देही
फोन: ९८५७०२४६७४
ईमेल: starkhanarnepal@gmail.com, samjhanaje@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३९८२/७९/८०

error: Content is protected !!