नगरपालिकाको आदेश मानेनन् ठेला व्यवसायी, प्रवेश निषेधीत क्षेत्रमा गाडी पार्किङ

भैरहवा । सिद्धार्थनगर नगरपालिकनले ठेला व्यवसायीलाई निश्चित क्षेत्र तोकेपनि व्यवसायीहरु जाने मनशाय नै गरेका छैनन । सडक र सडकपेटीमा अव्यवस्थित रुपले ठेला व्यवसाय हुन थालेपछि सिद्धार्थनगर नगरपालिकाले व्यवस्थापनको लागि क्षेत्र तोकेको छ ।

सिद्धार्थ नगर नगर पालिकाले सडक पेटी र सडक अतिक्रमण गरि व्यसाय गर्दा नगर कुरुप देखिएको जतासुकै फोहोर गर्दा दुर्गन्धित भएको र नगरवासी लाई फुटपाथमा हिड्न असुविधा भएको भन्दै मंसिर २८ मा सडक अतिक्रमण र फुटपाथ खाली गर्न सुचना जारी गरेको थियो । व्यवसाय नै बन्द गराउन लागेको भन्दै विरोध गरेका ती व्यवसायीहरुले नगरपालिकासँग व्यवसायको क्षेत्र मागे, नगरपालिकाले केही समयमा विकल्प सहित ठेला व्यवसायीलाई व्यवस्थापन गरेपनि तोकेको क्षेत्रमा ठेला व्यवसायी जान आनकानी गरिरहेका छन ।

नगर क्षेत्रको स्वरुपमा प्रश्न मात्रै होइन, सडक जाम र दुर्घटना निम्त्याइरहेको ठेला व्यवसायीलाई वडा नम्बर ५ बाल मन्दिर पछाडि, आखा अस्पताल क्षेत्र, बुद्धचोकको भित्रीबाटो लगायतका ठाउ तोकिएपनि अधिकांस व्यवसायीहरु अझै सडक र फुटपाथमै व्यवसाय गर्दै आएका छन । बाल मन्दिर पछाडिको क्षेत्रमा ठेला व्यवस्थापनकै लागि नगरपालिकाल चारपाङग्रे गाडी प्रवेश नै निषेध गरेपनि नो पार्किङ बोर्डकै तल गाडीहरु पार्किङ भइरहेको छ ।

अव्यवस्थित रुपले सडक र सडक पेटीको प्रयोग गर्दै बढेपछि सिद्धार्थनगर नगरपालिकाले बैकल्पीक व्यवस्था गरेको छ । नगरपालिका क्षेत्र भित्र सडक र सडक पेटी अतिक्रमण गरि गरिने ठेला व्यापार लाई व्यवस्थित गर्न ’सडक व्यापार क्षेत्र’ तोकेको छ । वैंकरोड , मैत्री पथ्, हाटवजार र आवारोड क्षेत्रका सडक र पेटीमा व्यापार गर्दै आएका व्यवसायीलाई नगरपािलकाले वडा नम्बर ५ बाल मन्दिर जाने सडक क्षेत्रका लागि व्यवस्था मिलाएको छ ।

सरसफाई, फोहोर संकलन केन्द्र, बती र विधुतको समेत व्यवस्था नगरपालिकाले गरेपनि ठेला व्यवसायीहरु आएको खण्डमा थप पूर्वाधार खानेपानी र आवश्यकता अनुसारको व्यवस्थापन पनि गर्ने सिद्धार्थनगर नगरपालिकाकाका राजश्व शाखा प्रमुख अमित श्रेष्ठले जानकारी दिए । आखा अस्पताल क्षेत्रमा पनि ठाउ तोकेका छौ, केही व्यवसायीहरु अझै साथ नदिएर मनोमानी गरिरहेका छन । यसको अलावा बुद्धचोक ल्म्बिनी गेट क्षेत्रमा र बसपार्क पछाडी पनि ठेला व्यवस्थापनका लागि पहिचान भएको छ भने अन्य क्षेत्रमा उचित ठाउँ को खोजी भईरहेको राजश्व शाखा प्रमुख श्रेष्ठले भने । फुटपाथ अतिक्रमण गरि व्यवसाय गर्ने लाई हटाउँदा व्यवसाय गर्न ठाउँ दिनु पर्ने माग आएकोले नै सडक व्यापार क्षेत्र तोकिएकोहो ।

सिद्धार्थनगर नगरपालिकाका प्रमुख इस्तियाक अहमद खानको ग्रीन, क्लीन र वातावरण्मैत्री अभियान अन्तर्गत भैरहवाको सौन्दर्यीकरणका लागि ठेला व्यवस्थापन गरिए पनि नगरपालिकाले साथ पाएको छैन । ठेला व्यवसयीले गरेको फोहोरले छाडा चौपायाहरु समेत सडक सडकमा जाने गरेका छन । अव्यवस्थित ठेला व्यवसायले सौन्दर्यीकरण मात्रै होइन, सडक जाम, फुटपाथमा बटुवालाई असहजिलो भएकोले नै निश्चित ठाउँ तोकिएको मेयर खानले भने ।

ठेला व्यवसायीहरुले नगरपालिकाले ठाँउ तोकेपनि उक्त क्षेत्रमा व्यपार नभएकोले सडकमै आएर व्यवसाय गर्नुपरेको बताए । भित्री ठाँउमा ठेला लगाउन भन्छ त्यहाँ ग्राहक नै पुग्दैन व्यापार नभएपछि बाटो तिरै जाने गरेको उनीहरु बताउछन ।

सिद्धार्थनगर नगरपालिकाको तथ्याङक अनुसार नगरमा ३ सय बढि ठेला दर्ता भएको छ । दर्ता भएको मध्ये केहीले मात्रै नविकरण गरेका छन । नगरपालिकाले ठेला व्यवसायीसँग वार्षिक २ हजार ६ सय कर लिने गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट

हाम्रो बारेमा

प्रधान सम्पादकः सम्झना शर्मा
सम्पादकः ई सुवोध भट्टराई
सम्वादाताः शुष्मा खनाल

सम्वादाताः महेश गुप्ता
आई.टि.:  माेहम्म्द हबिब

 

 

सम्पर्क

एल. स्टार मिडिया प्रा.ली.
सिद्धार्थनगर नगरपालिका-०८, रुपन्देही
फोन: ९८५७०२४६७४
ईमेल: starkhanarnepal@gmail.com, samjhanaje@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३९८२/७९/८०

error: Content is protected !!