इन्डिगोले ५५ अर्ब डलरमा पाँच सय वटा विमान किन्ने

काठमाण्डाै । भारतको इन्डिगो एअरलाइन्सले फ्रान्सको जहाज निर्माता कम्पनी एअरबससँग पाँच सय वटा विमान खरिद गर्न सम्झौता गरेको छ । पेरिसमा चलिरहेको एअर शोका क्रममा इन्डिगोले यो कीर्तिमानी सम्झौताको घोषणा गरेको हो ।

एकैपटक पाँच सय वटा जहाज खरिदको सम्झौता हवाई उड्डयनको इतिहासमा अहिलेसम्मकै ठूलो सम्झौता भएको बीबीसी हिन्दीले जनाएको छ । पाँच सय वटा जहाज किन्नको लागि इन्डिगोले ५५ अर्ब अमेरिकी डलर अर्थात् ४५ खर्ब १५ अर्ब भन्दा धेरै भारतीय रुपैयाँ लगानी गर्नेछ । यी जहाजहरु सन् २०३० देखि २०३५ को बीचमा डेलिभरी हुनेछन् ।

एअरबसका मालिक गैलम फोरीले यो सम्झौतालाई एक कोसेढुङ्गाको रूपमा वर्णन गर्दै यति ठूलो सम्झौता अहिलेसम्म सायदै कसैले गरेको उल्लेख गर्नुभएको छ । सन् २००६ मा स्थापना भएको इन्डिगो कम्पनीसँग अहिले तीन सय वटा विमान छन् भने यसअघि नै पाँच सय वटा विमान अर्डर खरिसकेको छ । अबको ११ वर्षपछि इन्डिगोसँग १३ सय वटाभन्दा धेरै विमान हुनेछन् । अहिले भारतीय आन्तरिक उडानको ६० प्रतिशत हिस्सा इन्डिगो कम्पनीले ओगटेको छ ।

इन्डिगो भारतको कम लागतको एअरलाइन्स कम्पनी हो । यो वर्षको सुरुमा अर्को भारतीय एअरलाइन्स टाटाले ४ सय ७० वटा एअरबस र बोइङ विमान किन्ने सम्झौता गरेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट

हाम्रो बारेमा

प्रधान सम्पादकः सम्झना शर्मा
सम्पादकः ई सुवोध भट्टराई
सम्वादाताः शुष्मा खनाल

सम्वादाताः महेश गुप्ता
आई.टि.:  माेहम्म्द हबिब

 

 

सम्पर्क

एल. स्टार मिडिया प्रा.ली.
सिद्धार्थनगर नगरपालिका-०८, रुपन्देही
फोन: ९८५७०२४६७४
ईमेल: starkhanarnepal@gmail.com, samjhanaje@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३९८२/७९/८०

error: Content is protected !!