महासंघअन्तर्गत उद्योग समितिको सभापतिमा राजेश अग्रवाल

नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गतको उद्योग समितिको सभापतिमा राजेश कुमार अग्रवाल चयन भएका छन् । रुपन्देही निवासी उद्योगी अग्रवाललाई महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सभापतिमा नियुक्त गरेका हुन् ।

अग्रवाल अर्घाखाँची, सिद्धार्थ सिमेन्ट, श्री स्टील, एसियन कन्क्रिटो,  मिलानो चप्पल उद्योगलगायतका उद्योगमा आबद्ध छन् ।  उनी नेपाल उद्योग वाणिज्य महासंघमा दुई कार्यकाल सदस्य भइसकेका छन् । तेस्रो कार्यकालमा उनी उद्योग समितिको सभापतिमा चयन भएका हुन् ।

उद्योग समितिको सभापतिमा चयन भएका अग्रवालले भने, ‘नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसिसिआई) अन्तर्गतको उद्योग समितिको सभापतिमा मनोनयन गर्नुभएकोमा आदरणीय अध्यक्षज्यूप्रति आभारी छु । हजुरले गरेको विश्वासलाई आफÞनो कार्य क्षेत्रमा पूर्ण योगदान गर्ने वाचा गर्दछु ।’  उद्योग क्षेत्रमा देखिएका समस्या र समाधानका विषयमा पहल गर्ने उनले प्रतिवद्धता जनाएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट

हाम्रो बारेमा

प्रधान सम्पादकः सम्झना शर्मा
सम्पादकः ई सुवोध भट्टराई
सम्वादाताः शुष्मा खनाल

सम्वादाताः महेश गुप्ता
आई.टि.:  माेहम्म्द हबिब

 

 

सम्पर्क

एल. स्टार मिडिया प्रा.ली.
सिद्धार्थनगर नगरपालिका-०८, रुपन्देही
फोन: ९८५७०२४६७४
ईमेल: starkhanarnepal@gmail.com, samjhanaje@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३९८२/७९/८०

error: Content is protected !!