स्वच्छ र निष्पक्ष न्यायका लागि न्यायिक र अर्धन्यायिक निकायबीच समन्वय र सहकार्य आवश्यक 

आम नागरिकलाई न्यायमा सहज पहुंचका लागि न्यायिक र अर्धन्यायिक निकायबीच समन्वय र सहकार्य आवश्यक रहेको भैरहवामा आयोजित एक कार्यक्रममा जोड दिईएको छ ।
स्वच्छ, स्वतन्त्र र सक्षम न्यायपालिका, आजको आवश्यकता भन्ने नाराका साथ ७१ औ कानुन दिवश २०८० को अवसरमा रुफन्देही जिल्ला अदालत बार एशोशिएसनले आयोजना गरेको कानुन र न्याय सम्बन्धी अन्तरक्रिmया कार्यत्रममा बोल्ने वताहरुले न्यायिक समितिले सम्पादन गर्ने कामलाई थप प्रभावकारी बनाउन जिल्ला अदालतले अनुगमन गर्नुपर्ने धारणा राखे ।
नागरिकलाई छिटो,छरितो र निशुल्क न्याय सेवा दिन नेपालको संविधान २०७२ ले स्थानीय तहमा न्यायिक समितिको अधिकार स्थापित गरेको छ । तर हिंसा पीडित महिला तथा बालबालिकालाई संरक्षण दिन संरक्षण गृहको अभावमा थप जटिलता थपिएको छ ।
स्थानीय सरकार संचालन ऐन २०७४ ले न्यायिक समितका क्षेत्राधिकार उल्लेख गरेकोले सोही अनुरुप कार्य सम्पादन गर्न रुपन्देही जिल्ला अदालत रुपन्देहीका न्यायधिश कृष्णराम कोईरालले सबै पालिकाका उपप्रमुख तथा न्यायिक समितिका संयोजकलाई सुझाव दिए । उनले रुपन्देहीका बुटवल उपमहानगर, तिलोत्तमा नगरपालिका लगायतका केही पालिकामा न्यायिक समिति प्रभावकारी रहेपनि भारतसंग सिमा जोडिएका कतिपय पालिकामा भने सुधारको आवश्यकता रहेको बताए ।
न्यायिक समितिको पुनरावेदन अदालतको रुपमा रहेको जिल्ला अदालतले सबै पालिकाका न्यायिक समितिले गर्ने ईजलासलाई प्रभावकारी बनाउन छिटै अनुगमन गर्ने न्यायधिश कोईरालाको भनाई थियो । महिला तथा बालबालिकाको संवेदनशिलतालाई ख्याल राख्दै काम गर्नका लागि पालिकाले बजेटको व्यवस्था गर्न सुझmाव समेत दिए ।
बारका अध्यक्ष अधिवता शिवहरी अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहभागि कानुन व्यवसायिहरुले न्यायिक समितिका संयोजक राजनीतिक पृष्टभुमीबाट आएकोलेर् वास्तविक पीडतले न्याय नपाउने हुनकि झन्ने चिन्ता व्यत गरे । जवाफमा बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रा अर्याल, तिलोत्तमा नगरपालिकाका उपप्रमुख जागेश्वरी देवी चौधरी,शुद्धोधन गाउंपालिकाका उपप्रमुख शान्ता ज्ञवाली, सिद्धार्थनगर पालिकाका उपप्रमुख उमा अधिकारी लगायतले आआफ्ना भनाई राख्दै आफुहरु जनताबाट अनुमोदित जनप्रतिनिधि भएका कारण जनताको हितमा रहेर काम गर्न प्रतिबद्ध रहेको जनाए । उनीहरुले संविधानले तय गरेको क्षेत्राधिकारभित्र रहेर पीडितलाई न्याय दिलाउन कुनै कसर बांकी नराख्ने बताए ।
पछिल्लो समय बारमा रहेको राजनीतिक प्रभावबाट जोगिन उनीहरुले उल्टै कानुन व्यवसायिलाई सुझmाव दिए । कार्यक्रmममा अधिवता तुलसीराम ढकाल, अधिवता शेषनारायण भण्डारीले कार्यपत्र प्रस्तुत गरे । यस्तै जिल्ला अदालतका न्यायधिश उमेश कोईरालाले न्यायिक समितिको अधिकार प्रयोगमा स्वतन्त्रता र निष्पक्षताको सन्दर्भ विषयमा कार्यपत्र फ्रसतुत गरे ।
बारका सचिव अधिवता चोला बहादुर कार्कीको संचालन, उफाध्यक्ष अधिवता विष्णु प्रसाद भुषालको स्वागतमा सम्पन्न कार्यक्रममा रुपन्देहीका सहायक फ्रमुख जिल्ला अधिकारी ध्रुव बहादुर कुंवर, वरिष्ठ अधिवताद्धय गोपाल प्रसाद फाण्डे, शिव गौडेल, अविता कुलानन्द ज्ञवाली, ऊच्च अदालत बुटवल बार एशोसिएशनका अध्यक्ष कैलाशचन्द्र ज्ञवाली, अविवता लोकनाथ पन्त, प्रख्यात वन्जाडे, लुम्बिनी प्रेस क्लबका अध्यक्ष सम्झना शर्मा लगायतले सर्व साधारणले अनुभुती गर्नेगरी न्याय दिलाउन सबै पक्षको प्रतिवद्धता आवश्यक रहेको बताए । कार्यक्रममा रुपन्देही १६ वटै पालिका उपप्रमुख, जिल्ला अदालत रुपन्देहीका न्याधिश, कानुन व्यवसायी संचारकर्मी लगायतको उपस्ििथति रहेको थियो ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट

हाम्रो बारेमा

प्रधान सम्पादकः सम्झना शर्मा
सम्पादकः ई सुवोध भट्टराई
सम्वादाताः शुष्मा खनाल

सम्वादाताः महेश गुप्ता
आई.टि.:  माेहम्म्द हबिब

 

 

सम्पर्क

एल. स्टार मिडिया प्रा.ली.
सिद्धार्थनगर नगरपालिका-०८, रुपन्देही
फोन: ९८५७०२४६७४
ईमेल: starkhanarnepal@gmail.com, samjhanaje@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३९८२/७९/८०

error: Content is protected !!