रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ५ का बासिन्दालाई निःशुल्क रुपमा रगत उपलब्ध गराउने सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सोमबार एक कार्यक्रमकाबीच सिद्धार्थनगर नगरपालिका वडा नम्बर ५ कार्यालय र नेपाल रेडक्रस सोसाइटी रुपन्देही जिल्ला शाखा अन्तर्गत रक्त संचार सेवा केन्द्र, बुटवल/इकाई, भैरहवाबीच निःशुल्क रगत उपलब्ध गराउने सम्झौता भएको हो । पैसाको अभावमा कोहीपनि उपचारबाट बन्चित हुन नपरोस् भनेर निशुल्क रगत उपलब्ध गराउन पहल गरिएको वडा अध्यक्ष पुरण प्रसाद श्रेष्ठले जानकारी दिए ।
सम्झौतापत्रमा सिद्धार्थनगर नगरपालिका वडा नम्बर ५ कोतर्फबाट वडाअध्यक्ष पुरन प्रसाद श्रेष्ठ र नेफाल रेडक्रस सोसाइटी रत्त संचार सेवा केन्ऽकोतर्फबाट रुपन्देहीका सभापति दीपक क्षेत्री न्यौपानेले हस्ताक्षर गरेका छन् ।
सिद्धार्थनगर–५ का बासिन्दालाई निःशुल्क रगत उपलब्ध गराउने तथा सिद्धार्थनगर–५ बाट रक्त संचार सेवा भैरहवाको लागि सिद्धार्थनगर–५ भित्र रगत संकलन कार्यमा सहयोग गर्ने उद्देश्यले सम्झौता गरिएको वडाअध्यक्ष श्रेष्ठले बताए ।
