खुल्ला सिमानाकाका कारण हुन सक्ने कृषि तथा पशुजन्य वस्तुको अवैध चोरी पैठारी नियन्त्रणमा कठोर बन्न सुरक्षा प्रमुखहरुलाई सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले कडा निर्देशन दिएका छन् ।
भारतसंग सिमा जोडिएका तराईका तीन जिल्ला रुपन्देही,कपिलवस्तु र पश्चिम नवलपरासीको शनिवार रुपन्देहीमा सम्पन्न अन्तर जिल्ला समन्वय बैठकमा जिल्लाको प्रगति विवरण प्रस्तुत गर्दै पछिल्लो समय भारतबाट अवैध रुपमा पशुजन्य कारोबारमा यी तिनवटै जिल्लाले कडाई गरेको जनाएका हुन् । अब थप कडाई गर्ने संकेत उनीहरुले गरेका छन् ।
बैठकमा पशुजन्य चोरी निकासी नियन्त्रण गर्न ३ बुादे निर्णय भएको छ । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेका अनुसार सीमावर्ती क्षेत्रवाट कुखुरा, चल्ला, माछा, मासु, अण्डा लगायतका पशुजन्य उपजहरु चोरी निकासी हुन सक्ने सम्भावनालाई मध्येनगर गर्दै सूचना संयन्त्रलाई चुस्त दुरुस्त बनाउने निर्णय भएको छ । यसको लागि यस क्षेत्रका व्यवसायीले पाएको सूचना यथासिघ्र सुरक्षा निकायलाई उपलब्ध गराउने, प्राप्त सूचनालाई विश्लेषण गरी सुरक्षा निकायले चोरी निकासी पूर्ण रुपमा नियन्त्रणमा लिने निर्णय भएको पाण्डेले बताउनुभयो ।
तीनवटै जिल्लामा दशगजा संगै जोडिएर बैधानिक रुपमा सञ्चालनमा रहेका कतिपय फर्महरुबाट नै अवैध कारोबार हुने गरेको बताउदै यस्ता फर्महरुमा सुरक्षा निकायले निगरानी बढाउने निर्णय भएको छ । यसको लागि सिमावर्ती क्षेत्रमा सञ्चालनमा आएका कुखुरा फर्म, माछा पोखरी लगायतका व्यवसायमा रहेका कुखुरा र माछाको विवरण, खरिद विक्रीको विवरण लगायतका विषयमा दैनिक अभिलेखन गर्न लगाउने प्रशासनले निर्णय गरेको छ । यसको लागि सम्बन्धित जिल्लाको सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा अनुगमन समिति गठन गरिएको छ । समितिमा आन्तरिक राजश्व कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, कृषि ज्ञान केन्ऽ, भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्ऽका अधिकृतस्तरका प्रतिनिधि तथा सुरक्षा निकायका प्रतिनिधि र सम्बन्धित व्यवसायीको प्रतिनिधि सम्मलित टोली रहनेछ ।
तीन जिल्लावाट हुन सक्ने चोरी निकासीको सुक्ष्म रुपमा अनुगमन गर्न, विवरण अध्यावधिक गर्न, नियमित प्रतिवेदन दिने प्रयोजनका लागि पशु क्वारेन्टाईन कार्यालयका प्रमुखको संयोजकत्वमा कार्यदल समेत गठन गर्ने निर्णय भएको प्रजिअ पाण्डेले बताउनु भयो । ब्यवसायी र सुरक्षा निकायको सहकार्य भए मात्र पशुजन्य चोरी तस्करीमा नियन्त्रण हुने बैठकले निर्णय गरेको हो ।
तिनै जिल्लाका प्रमुख जिल्ला अधिकारी, सहायक प्रमुख जिल्ला अधिकारी, प्रदेश प्रहरी प्रमुख, जिल्ला प्रहरी प्रमुख, विभिन्न गणका प्रमुख लगायत विषयगत कार्यालयका प्रमुखहरु उपस्थित रहेको कार्यक्रममा व्यवसायीहरुले माछा, मासुमा नेपाल आत्म निर्भर रहेपनि अवैध रुपमा भारतबाट भित्रिने गुणस्तरहिन माछा मासु तथा तरकारीका कारण नेपाली किसानहरु विस्थापित हुन पुगेको गुनासो गरेका थिए । सिमामा संचालित व्यवसायमा कुन सामान चोरीको हो या होईन भन्ने पहिचान गर्नै कठिनाई भएको भन्दै चोरी तस्करी नियन्त्रणका लागि कतिपय नीगिगत सुधारको आवश्यकता रहेको समेत बैठकमा छलफल भएको थियो । व्यवसायीहरुका गुनासोलाई सम्बोधन गर्दै रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले अवैध निकासी प्रठारीमा निर्मम तरीकाले लाग्न सुरक्षा निकायहरुलाई निर्देशन दिनुभयो । तस्करीका विषयमा कहि कतै प्रहरी प्रशासनका कर्मचारीको संलग्नता पुष्टी भएमा तत्काल कारवाही गरिने समेत प्रजिअ पाण्डेले चेतावनी दिनुभयो ।
कार्यक्रममा नवलपरासी पश्चिम सुस्ताका प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्यालले सिमानाका कडाईमा स्थानीयको साथ सहयोग अपरिहार्य रहेको बताउनुभयो । प्रहरी प्रशासनले कडाई गर्दा स्थानीयहरुबाटै अवरोध हुने गरेको भन्दै राज्यप्रति सबै जिम्मेवार भए तस्करी नियन्त्रण गर्न सहज हुने बताउनुभयो ।
यस्तै कपिलवस्तु जिल्लाका प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले तस्करी काल भएकोले यसलाई सबै मिलेर समाप्त पार्नुपर्ने बताउनुभयो । आफ्नो जिल्लामा सबै सुरक्षा संयन्त्र यसका लागि प्रतिवद्ध भएर लागेको उहांको भनाई थियो ।
यस्तै प्रदेश प्रहरी कार्यालय लुािबनी प्रदेशका प्रमुख प्रहरी नायव महानिरिक्षक उमेश जोशीले शुसासन कुनै डाटामा मापन गर्न नसकिने भन्दै यसलाई आम नागरिकले अनुभुती गर्ने गरी सुरक्षामा खटिन मातहतका प्रहरी निकायलाई निर्देशन दिनुभयो । सशस्त्र प्रहरी नायव महानिरिक्षक विदुर खड्काले पछिल्ला केही दिनयता देशमा उल्लेख्य रुपमा राजश्व संकलनमा वृद्धि भएको दावी गर्दै प्रहरी चोरी पैठारी नियन्त्रण गर्न दिन रात खटेको बताउनुभयो । 
अनुसन्धान निरिक्षक सुमन वैद्धले घट्दो नेपाली उत्पादन र नेपालीको क्रयशक्तिमा वृद्धि हुदा सामानको आयात बढ्न गएको बताउनु भयो । खुल्ला सिमानाका कारण चोरी तस्करी शुन्यमा झार्न व्यवहारिक कठिनाई भएकोभएपनि यसको नियन्त्रणमा सबै लाग्न सके सफलता मिल्ने बताउनुभयो ।
रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरणमणि पाण्डेको अध्यक्षतामा सम्पन्न बैठकमा पशु क्वारेन्टायन कार्यालय भैरहवाका प्रमुख वरिष्ठ पशु चिकित्सक डा.भक्त निउरे, प्लाण्ट क्वारेन्टायन कार्यालय वेलहियाका प्रमुख कुलदिप घिमिरेले चोरी पैठारी नियन्त्रणका लागि कार्यालयले गरेका कामको विषयमा कार्यपत्र प्रस्तुत गर्नुभयो । कार्यक्रममा ह्याचरी संचालक,कुखुरा फम संचालक,व्यवसायी, विषयगत कार्यालयका प्रमुख, संचारकर्मी लगायतको उपस्थिति रहेको थियो ।
