२१ गतेदेखि बुटवल पाल्पा सिद्धवावा सडक दैनिक नौं घण्टा अबरुद्ध हुने

बुटवल पाल्पा सिद्धवावा सडक मंगलवार देखी अबरुद्ध हुने भएको छ । सिद्धबाबा सुरुङ मार्ग निर्माण व्यवसायी चाईना स्टेट कन्स्ट्रक्सन ईन्जिनियरिङ कर्पोरेसनले रामा पिथेकस पार्क नजिकको क्षेत्रमा सडक डाईभर्सनको कार्य सुरु गरेकाले दैनीक दुइ पटक दिउसो र राती सडक अबरुद्ध हुने रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरत मणी पाण्डेले बताउनु भयो ।
सुरुङ मार्ग निमार्णका क्रममा सडक माथिवाट खुकुला ढुङ्गाहरु पहरोबाट झरी कार्य गर्न जोखिम भएकाले खुकुला ढुंगाहरु खसाल्न सडक यातायात आवागमन बन्द गर्ने निर्णय भएको र बन्दका समयमा बैकल्पिक सडक प्रयोग गर्न पनि प्रमुख जिल्ला अधिकारी पाण्डेयले आग्रह गर्नु भएको छ । सोमबार सरकोकारवाला निकायहरु संगको बैठकले राष्ट्रिय महत्वको सुरुङ मार्ग निर्माणमा सहजीकरण गर्न आवश्यक देखिएकोले मंगलबार बिहान ११ बजे देखि अपरान्ह २ बजेसम्म र राति १० बजेदेखि विहान ४ बजेसम्म अर्को सूचना जारी नहुादासम्म सवारी साधन आवतजावत बन्द गरी सुरक्षित साथ कार्य गर्न स्वीकृति दिने निर्णय गरेको प्रजिअ पोण्डेले जानकारी दिनुभयो ।
सडक अबरुद्धका समयमा बेलवास– दोभान सडक खण्ड बैकल्पिक रुपमा प्रयोग गर्न पनि बैठकले आग्रह गरेको छ । साना तथा निजी गाडीहरु र अत्यावश्यक सवारी साधनहरुलाई उक्त बैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ । साथै उक्त सडकलाई ब्यवस्थित रुपमा संचालन गर्नका लागी आवश्यक पुर्वाधार मर्मत कार्य गर्न परियोजनालाई आग्रह गरेको छ । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरत मणि पाण्डेको अध्यक्षतामा बसेको बैठकमा सहायक प्रजिअ द्धय ध्रुव बहादुर कुवंर, रामचन्द्र अर्याल , सशस्त्र प्रहरी उपरिक्षक दिपक कुमार थापा, राष्ट्रिय अनुसन्धान रुपन्देहीका उप अनुसन्धान निरिक्षक हुमकान्त पाण्डे, गरुण दल गण रामनगर बुटवलका सेनानी ओम बहादुर अधिकारी, जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायव उपरिक्षक श्यामु अर्याल, यातायात व्यवस्था कार्यलय बुटवलका प्रमुख मोहन अर्याल, सडक डिभिजन बुटवलका प्रमुख होम बहादुर एसी, जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी निरिक्षक साकारराज पन्त,पश्चिम नेपाल वस व्यवसायी प्रा.लि.का मन बहादुर पौडेल, सिद्धार्थ सार्वजनिक यातायात प्रा.लि.का कमल पाण्डे, लुम्बिनी प्रेस क्लबका अध्यक्ष सम्झना शर्मा लगायत पत्रकारको सहभागीता रहेको थियो ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट

हाम्रो बारेमा

प्रधान सम्पादकः सम्झना शर्मा
सम्पादकः ई सुवोध भट्टराई
सम्वादाताः शुष्मा खनाल

सम्वादाताः महेश गुप्ता
आई.टि.:  माेहम्म्द हबिब

 

 

सम्पर्क

एल. स्टार मिडिया प्रा.ली.
सिद्धार्थनगर नगरपालिका-०८, रुपन्देही
फोन: ९८५७०२४६७४
ईमेल: starkhanarnepal@gmail.com, samjhanaje@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३९८२/७९/८०

error: Content is protected !!