नेवा खःल सिद्धार्थनगरको २३ औं वािषर््क साधारणसभा तथा १८ औं अधिवेशन भैरहवामा शनिवार सम्पन्न भएको छ ।
खःलका अध्यक्ष चन्द्र प्रकाश श्रेष्ठको अध्यक्षता तथा लुम्बिनी प्रदेशसभा सदस्य सन्तोष पाण्डेको प्रमुख आतिथ्यतामा सम्पन्न उद्घाटन सक्रमा बोल्ने वताहरुले नेवारी समुदायको भाष,संस्कृतिलाई संरक्षण गनुपर्ने धारणा राखे ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि पाण्डेले नेवारी कल्चर देशको पहिचान भएकोले यसको प्रवद्धन तथा संरक्षणका लागि प्रदेश सरकारमा पहल गर्ने बताउनभयो । सोही अवसरमा उहांले नेपालमा भारतीय प्रर्यटकलाई प्राथमिकतामा राख्न सके पर्यटन प्रवद्धनमा टेवा पुग्ने बताउनुभयो । यसका लागि नेपालमा आउने भारतीय नागरिकले ल्याउन पाउने आईसी रुपैयाको सिमा दर बढाएर चार लाख माथि पुरयाउन र सिमा देखि १० किलोमिटरमा भारतीय सवारी सहजरुपमा चल्न दिने वातावरण सृजना गर्नुपर्ने धारणा राख्नुभयो ।
खःलका उपाध्यक्ष चन्द्रझत श्रेष्ठको स्वागत , सचिव सुरेश शेखर बज्राचार्यको संचालनमा सम्पन्न कार्यक्रममा खःलका पुर्व अध्यक्ष लता प्रधान, सल्लाहकार मिना श्रेष्ठ, साहित्यकार वनमाली निराकार, सिद्धार्थनगर नगरपालिका वडानम्बर ६का वडााध्यक्ष विरेन्द्र श्रीवास्तव, नेवा जेयडबु रुपन्देहीका अध्यक्ष रुद्र श्रेष्ठ, वैश्ण धेर्म सेवा समितिका अध्यक्ष विनिता श्रेष्ठ, सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष ठाकुर कुमार श्रेष्ठ, लुम्बिनी प्रस क्लबका अध्यक्ष सम्झना शर्मा लगायतले शुझकामना मन्तव्य व्यत गर्दै नेवा खःलले नेवार सुमुदायलाई एकत्रित गर्दै सामाजिक सद्भावमा समेत भुमिका खेलेको बताए । खःलले संस्थालाई सहयोग पुरयाउने विझिन्न व्यति तथा सामुदायबाट ईन्जिनियर, डाक्टर हुने खःलका परिवारका सदस्य, उत्कृष्ट अंक ल्याउने विद्यार्थी लगायतलाई सम्मान गरेको थियो । अधिवेशनले पुनः चन्द्र प्रकाश श्रेष्ठलाई अध्यक्षमा दोहोराउने निर्णय गरेको छ ।
