स्ववियु पदाधिकारी र सदस्यलाई एमाले सिद्धार्थनगर–६ द्वारा सम्मान

गत चैत ८ गते सम्पन्न भैरहवा बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा अध्यक्ष (सभापति) पदमा निर्वाचित सागर न्यौपानेसहित पदाधिकारी र सदस्यहरुलाई सम्मान गरिएको छ । ‘मिसन ग्रासरुट’ (पार्टी सुदृढीकरण तथा विस्तार अभियान) अन्तर्गत नेकपा एमाले सिद्धार्थनगर नगरपालिका वडा नम्बर ६ कमिटीको शनिबार सम्पन्न दोस्रो पूर्ण बैठकमा उनीहरुलाई सम्मान गरिएको हो ।

भैरहवा बहुमुखी क्याम्पसमा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)को प्यानलले नै जितेको छ ।

त्यस्तै सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीको ६४ औं वार्षिक साधारणसभा तथा अधिवेशनबाट वाणिज्य उफाध्यक्षमा निर्वाचित एमाले जिल्ला कमिटी सदस्य गोविन्द ज्ञवालीलाई कार्यक्रममा सम्मान गरिएको थियो ।

कार्यत्रममा बोल्दै प्रमुख अतिथि एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य श्याम खरेलले एमालेविरुद्ध घेराबन्दी र गठबन्धन गरिए पनि जनताले एमालेलाई मन पराएको बताए । उनले स्ववियु निर्वाचनमा एमाले निकट अनेरास्ववियुले देशभरी शानदार रुपमा जितेको बताए । उनले भने, ‘अन्य मुलुकमा सत्ता पक्षविरुद्ध विपक्षीले गठबन्धन गर्छन्, नेपालमा सत्ता पक्षले विपक्षी दलविरुद्ध गठबन्धन गर्छन्, यसले पनि पुष्टि गर्छ कि एमाले कति बलियो छ ।’

एमाले रुपन्देही जिल्ला कमिटी सदस्य गोविन्द ज्ञवालीले आगामी निर्वाचनमा सिद्धार्थनगर नगरपालिका वडा नम्बर ६ मा एमालेले जित्ने गरी अघि बढ्न आग्रह गरे । उनले केही कमीकमजोरी र असन्तुष्टी भए त्यसलाई समाधान गर्नुपर्ने बताए । उनले पार्टीलाई बलियो बनाउन र तल्लो तहमा पार्टी कार्यकर्ता र जनताको गुनासो सुन्न मिसन ग्रासरुट अभियान सञ्चालन गरिएको बताए ।

पार्टीका सिद्धार्थनगर कमिटीका उपाध्यक्ष अर्जुन कुमार गिरीले पार्टीभित्र रहेका गुनासोलाई सम्बोधन गर्दै अघि बढ्नुपर्ने बताए । एमाले सिद्धार्थनगर–६ का अध्यक्ष राम दयाल गुप्ताले स्ववियु निर्वाचनमा अनेरास्ववियुको शानदार जीत भएको बताए ।

अनेरास्ववियु पूर्व केन्ऽीय सचिवालय सदस्य लक्ष्मी केसीले एमालेलाई अझ बलियो बनाउनेतर्फ अघि बढ्नुपर्ने बताइन् । एमाले सिद्धार्थनगरका विद्यार्थी इञ्चार्ज तथा सिद्धार्थनगर–१२ का पूर्व वडा सदस्य सरोज ठकुरीले अन्य दलका विद्यार्थी संगठनको गठबन्धनका बाबजुद अनेरास्ववियुको सिंगो टीमले नै भैरहवा बहुमुखी क्याम्पसमा जीत हासिल गरेको बताए ।

भैरहवा बहुमुखी क्याम्पसका नवनिर्वाचित स्ववियु सभापति सागर न्यौपानेले विद्यार्थीको हकहितमा निरन्तर काम गरिरहेको अनेरास्ववियुलाई मुल्यांकन गर्दै विद्यार्थीले जिताएको बताए ।

नवनिर्वाचित स्ववियु सदस्य राजन गुप्ताले स्ववियु निर्वाचन नहुादा समेत निरन्तर विद्यार्थीको पक्षमा काम गर्दै आएको अनेरास्ववियुले अझ रचनात्मक कार्य गर्ने बताए ।

एमाले सिद्धार्थनगर–६ का अध्यक्ष राम दयाल गुप्ताको अध्यक्षता, उपसचिव आनन्द न्यौपानेको स्वागत तथा सचिव मदन प्रसाद पौडेलको सञ्चालनमा कार्यक्रममा सम्पन्न भएको थियो । 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट

हाम्रो बारेमा

प्रधान सम्पादकः सम्झना शर्मा
सम्पादकः ई सुवोध भट्टराई
सम्वादाताः शुष्मा खनाल

सम्वादाताः महेश गुप्ता
आई.टि.:  माेहम्म्द हबिब

 

 

सम्पर्क

एल. स्टार मिडिया प्रा.ली.
सिद्धार्थनगर नगरपालिका-०८, रुपन्देही
फोन: ९८५७०२४६७४
ईमेल: starkhanarnepal@gmail.com, samjhanaje@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३९८२/७९/८०

error: Content is protected !!