नयां वर्षको स्वागतार्थ भैरहवामा “सिद्धार्थ सडक खाना महोत्सव”

नेपाली नया वर्ष २०८० सालको पूर्व सन्ध्यामा भैरहवामा “सिद्धार्थ सडक खाना महोत्सव” को आयोजना हुने भएको छ । सडकमा खाऔ, रडकमै रमाऔ भन्ने नाराका साथ होटल तथा रेस्टुरेन्ट व्यवसायी संगठनको आयोजनामा चैत्र ३० गते भैरहवाको देवकोटा चोकमा महोत्सव हुने आईतबार आयोजित पत्रकार सम्मेलन मार्फत जानकारी दिईएको छ ।
खाना महोत्सवले यस क्षेत्रको आर्थिक चलायमान हुनुका साथै बजार प्रवद्धन गर्ने आयोजकले अपेक्षा गरेकाछन् ।
यसका साथै यस क्षेत्रका जन समुदायहरु नयाा वर्ष मनाउन अन्यत्र जाने प्रचलनलाई रोकी अन्य क्षेत्रबाट भैरहवा आई नर्व वर्ष धुमधामका साथ मनाउन कार्यक्रमले सहयोग गर्ने संगठनका अध्यक्ष पिताम्बर न्यौपानेले बताए । एक सय स्टल हुने उक्त महोत्सवमा तारे होटल जन्य ८ वटा, रेस्टुरेन्ट जन्य ४० वटाका साथै थारु, नेवारी, मगर परिकारका विभिन्न स्टलहरु रहने र ५० हजारको हाराहारीमा दशक आउने न्यौपानेले बताए ।
कार्यक्रममा स्थानीय कला संस्कृति, स्थानीय विद्यालय नृत्य, स्थानीय कलाकारका साथै राष्ट्रिय कलाकारहरुबाट प्रस्तुती तथा डिजे रहने संगठनका महासचिव राजेश महोत्राले बताए । महोत्सवमा भैरहवा आसपासका गााउपालिकाहरुमा बसोबास गर्ने स्थानीयका साथै छिमेकी मुलुक भारतबाट समेत दर्शकहरुको सहभागिता रहने महोक्राले बताए । यस कार्यत्रमबाट कोभिड–१९ ले थला परेको पर्यटन व्यवसायलाई र विश्व अर्थतन्त्रमा देखा परेको आर्थिक तरलतालाई थोरै भएपनि राहत पाउने, पर्यटक बढ्ने र समग्रमा बजार चलायमा बनाउने कार्य गर्ने आयोजकको विश्वास रहेको छ ।
महोत्सवको सह आयोकको रुपमा सिद्धार्थनगर नगरपालिका, घरेलु तथा साना उद्योग कार्यालय, मदिरा व्यवसायी संघ भैरहवा रहेका छन् । भने कार्यक्रमलाई सफल बनाउनका लागि नाटा प्रदेश लुम्बिनी, लुम्बिनी प्रेस क्लब,सिद्धार्थ होटल एशोसिएसन, लुम्बिनी मनि चेन्जर संघ रुपन्देही, सिद्धार्थ सार्वजनिक यातायात प्रा.लि., लुम्बिनी होटल संघ, सोटो नेपाल, सिद्धार्थ सार्वजनिक यातायात प्रा.लि सहयोगी संस्थाको रुपमा रहेका छन् । सिद्धार्थ उद्योग वाणिज्य संघ सिद्धार्थनगर कार्यक्रमको सल्लाकार संस्थाको रुपमा रहेको छ भने संरक्षकको रुपमा उद्योग व्यापार संगठन रुपन्देही रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट

हाम्रो बारेमा

प्रधान सम्पादकः सम्झना शर्मा
सम्पादकः ई सुवोध भट्टराई
सम्वादाताः शुष्मा खनाल

सम्वादाताः महेश गुप्ता
आई.टि.:  माेहम्म्द हबिब

 

 

सम्पर्क

एल. स्टार मिडिया प्रा.ली.
सिद्धार्थनगर नगरपालिका-०८, रुपन्देही
फोन: ९८५७०२४६७४
ईमेल: starkhanarnepal@gmail.com, samjhanaje@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३९८२/७९/८०

error: Content is protected !!