भैरहवा, २९ चैत
रुपन्देहीको कोटहीमाई गाउँपालिका वडा नम्बर ३ स्थित मर्यादपुर (नौडिहवा) मा श्री विष्णु महायज्ञ सुरु भएको छ ।
महायज्ञको समाजसेवी अजय कुमार गुप्ताले शुक्रबार एक समारोहका बीच उद्घाटन गर्नुभयो ।सो अवसरमा बोल्दै गुप्ताले धर्म–संस्कृतिको संरक्षणमा यस्ता कार्यक्रमले टेवा पुर्याउने बताउनुभयो ।
महायज्ञ चैत २८ गते देखि बैशाख ६ गते सम्म सञ्चालन हुने स्थानीय आयोजक संस्थाका झिनक यादवले बताउनुभयो ।
