१६ कात्तिक, बुटवल ।
गायक अर्जुन भुसाल र गायिका शान्ति श्री परियारको आवाजमा रहेको गीत “बाटो फरक भो” ले सामाजिक सञ्जाल टिकटक तताएको छ ।
गत हप्ता सर्जकद्धय गणैश पौडेल र प्रकाश पाठकले बजारमा ल्याएको “बाटो फरक भो” नामक लोक गीत सामाजिक सञ्जाल टिकटकमा भाईरल रहेको गायक भुसालले बताए ।
गीतमा नेपाली गीत संगितकी चर्चित गायिका शान्ती श्री परियार र गायक अर्जुन भुसालले स्वर भरेका छन ।
प्रेममा विछोडको भाव समेटिएको उक्त गीतमा अमितबाबु रोकायाले संगित भरेका हुन् । गीतको म्यूजिक भिडियोलाई दुर्गा श्रेष्ठले निर्देशन गरेका हुन ।
विदेशीएका कारण लामो समयदेखी नेपाली गीत संगितमा सुस्ताएका गायक अर्जुन भुसाल उक्त गीत मार्फत पुन; सक्रिय हुन लागेको बताउँछन् ।
उनले प्रेममा रहेको जोडि एक अर्कासँग छुटिएर फरक फरक बाटोमा हिँड्नु परेको बेदनालाई समेटेर गीत बनेको बताए ।
विनोद बाजुरालीले एरेञ्ज गरेको उक्त गीतको भिडियोमा लोकेश विसी, प्रकृती बुढा र निशा विसीको अभिनय देख्न सकिन्छ ।
गीत अमितबाबु रोकाया नामक युट्युव च्यानल मार्फत उपलब्ध रहेको गायक भुसालले बताए ।
गीत हेर्न यहाँ – क्लिक गर्नुहोस ।
