१० दिने शाक्यमोन्लम पूजा सकियो

लुम्बिनी । बुद्धजन्मस्थल लुम्बिनीमा सञ्चालित ३३ औं १० दिने शाक्यमोन्लम पूजा मंगलबार सकिएको छ । विश्व शान्ति र प्राणी कल्याणको कामना गर्दै करिव ७ हजार लामा, भिक्षु भिक्षुणी, रिन्पोछे तथा बुद्धका अनुयायीहरुले पूजा गरेका हुन् ।  प्रणिधान र बुद्ध पाठले १० दिनसम्म मायादेवी मन्दिर परिसर गुञ्जायमान बन्दा त्यहाँ पुगेका पर्यटकहरु समेत पूजामा आर्कषित भएका थिए । २५ वर्षसम्म निरन्तर लुम्बिनीमा गरिएको यो पूजा ८ वर्षपछि मंसिर २३ देखि शुरु भएको थियो । लुम्बिनी विकास कोषको पहलमा ४१ औं शाक्य गोङ्मा ट्रिछेन रिन्पोछेको उपस्थितीमा पूजा गरिएको हो ।

१० दिने मोन्लम पूजाको लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमे) को उपस्थितीमा समापन गरिएको हो । भारतका ४१ औं शाक्य ट्रिछेनको उपस्थितीमा विश्वकै ठूलो शाक्य मोन्लम पूजा लुम्बिनीमा हुँदा यसले आध्यात्मिक वातावरण सृजना गरेको छ । कोषका उपाध्यक्ष डा. लामाले शाक्य ट्रिछेन रिन्पोछें गुरुको उपस्थितीमा लुम्बिनीमा हजारौं लामा, भिक्षु, उपासक उपासिकाहरु सहभागी भएर मोन्लम पूजा हुनु निकै ठूलो गौरव भएको बताए ।

लुम्बिनीबाट शुरु भएको शाक्यमोन्लम पूजा निरन्तरताका लागि कोष सहित स्थानीय प्रशासन, स्थानीय सरकार, होटल व्यवसायी र आम नागरिकहरुले समेत साथ दिनुपर्ने बताए । प्राणी जगतको कल्याणका लागि जीवन अर्पित गरेका बोधिसत्वहरूका प्रणहरूको सम्झना गरेर शान्तिको कामना गरिएको थियो । हिमाली बौद्ध परम्परा अनुसार लुम्बिनी स्थित मायादेवी मन्दिर परिसरमा बिहानैदेखि त्रिरत्न बन्दनाको पाठ र समन्त भद्र प्रणिधान स्तोत्र गर्ने गरिएको थियो ।

शाक्य मोन्लमले लुम्बिनी, भैरहवा क्षेत्रका होटलहरु भरिभराउ भएको कोषका कार्यकारिणी सदस्य श्याम रोक्का जानकारी दिए । यो सिजनमा मोन्लम पूजाका कारण आर्थिक कारोवार समेत राम्रो भएको होटल व्यवसायीहरुले बताएका छन् । पूजा अवधिभर विभिन्न धार्मिक गुरुदेखि सरकारी क्षेत्रका उच्च पदस्थ व्यक्तिहरुले ४१ औं शाक्य ट्रिछेन रिन्पोछेसँग आर्शिवाद लिन पुगेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट

हाम्रो बारेमा

प्रधान सम्पादकः सम्झना शर्मा
सम्पादकः ई सुवोध भट्टराई
सम्वादाताः शुष्मा खनाल

सम्वादाताः महेश गुप्ता
आई.टि.:  माेहम्म्द हबिब

 

 

सम्पर्क

एल. स्टार मिडिया प्रा.ली.
सिद्धार्थनगर नगरपालिका-०८, रुपन्देही
फोन: ९८५७०२४६७४
ईमेल: starkhanarnepal@gmail.com, samjhanaje@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३९८२/७९/८०

error: Content is protected !!