प्रतिमान–नीमा स्मृति प्रतिष्ठानले लुम्बिनी प्रदेशका १३ वटा सरकारी अस्पतालमा उपकरण तथा स्वास्थ्य सुरक्षा सामग्री सहयोग गर्ने भएको छ ।
कोरोना भाइरस (कोभिड–१९) को दोस्रो लहरको महामारी समुदायस्तरमा फैलिएर अस्पतालले थेग्नै नसक्ने अवस्था आई सर्वसाधारणको ज्यान जान थालेपछि राज्यलाई सहयोग पुर्याउने उद्देश्यले स्वास्थ्य सामग्री वितरण गरिन लागेको प्रतिष्ठानका कार्यकारी निर्देशक स्वाती थापाले जानकारी दिईन् ।
उनका अनुसार प्रतिष्ठानको पहल तथा प्रोजेक्ट होपको सहयोगमा करीब २ करोड ७० लाख रुपैंया बराबरका विभिन्न स्वास्थ्य उपकरण तथा कोभिड १९ को उपचारमा आवश्यक विभिन्न स्वास्थ्य सुरक्षा सामग्री प्रदान गरिने छ ।
लुम्बिनी प्रदेशका १२ जिल्लाका २ वटा प्रादेशिक र ११ वटा जिल्ला अस्पताल गरी १३ वटा अस्पताललाई आवश्यकताको आधारमा अक्सिजन कन्सन्ट्रेटर १० लिटर (९० थान), अक्सिजन सिलिण्डर ११५ थान, मेडिकल टेन्ट ५ थान, वाईप्याप मेसिन ५ थान, आइसीयू बेड ५ थान, पीपीई सेट २ हजार २ सय थान, सेनिटाइजर १ हजार १ सय ५० लिटर, सर्जिकल माक्स १२ हजार थान, सर्जिकल ग्लोब्स २ हजार थान, फेससिल्ड ४ हजार थान वितरण गरिने उनले बताइन् । अस्पतालहरुमा २ करोड ७० लाख बराबरको सामग्री वितरण गरिने प्रतिष्ठानका निर्देशक धर्म बहादुर केशीले जनाकारी दिए ।
लुम्बिनी प्रादेशिक अस्पताल बुटवल, राप्ती प्रादेशिक अस्पताल तुल्सीपुर, भेरी अस्पताल नेपालगंज, भीम अस्पताल भैरहवा, पृथ्वीचन्ऽ अस्पताल नवलपरासी, कपिलवस्तु अस्पताल तौलिहवा, रामपुर अस्पताल, पाल्पा, गुल्मी अस्पताल तम्घास, अर्घाखााची अस्पताल सन्धिखर्क, प्युठान अस्पताल बिजुवार, रोल्पा अस्पताल लिवाङ, रुकुम अस्पताल रुकुम पुर्व र बर्दिया अस्पताल गुलरियामा स्वास्थ्य सामग्री प्रदान गरिने प्रतिष्ठानका निर्देशक केशीले बताए ।
प्रतिष्ठानले ती अस्पतालहरुमा पुगेर मेडिकल अफिसरहरुसंग छलफल गरी आवश्यकता र मागको आधारमा स्वास्थ्य सामग्री प्रदान गरिने जनाईएको छ । जनसंख्याको आधारमा अस्पतालको क्षमतालाई आधार मानेर सामग्री वितरण गर्ने योजना बनाएको समेत संस्थाका कार्यकारी निर्देशक स्वाती थापाले जनाईन् ।
कोरोनाको पहिलो लहरमै प्रतिष्ठानले सिद्धार्थनगरमा रहेको आफ्नो दुईतले भवन क्वारिन्टिनको लागि स्थानीय सरकारलाई उपलब्ध गराई सहयोग गरेको थियो । क्वारेन्टिनमा नेपाली र भारतीय गरी ३ सय र नेपाली सेनाको समन्वयमा ९ महिनासम्म होल्डिङ सेन्टर सञ्चालन गरी करिब २४ हजार नागरिकलाई गन्तव्यमा पुर्याइएको थियो ।
तीन पालिकाका आईशुलेशन र कोभिड अस्पताललाई समेत सहयोग
प्रतिष्ठानले रुपन्देहीका ३ वटा गाउापालिकाद्वारा सञ्चालित आइसोलेशन सेन्टर तथा कोभिड–१९ अस्थायी अस्पतालमा पनि सहयोग गर्ने जनाएको छ । प्रतिष्ठानले जेठ १७ गतेदेखि लागू हुने गरी रोहिणी गाउापालिकाद्वारा सञ्चालित आइसोलेशन सेन्टर, शुद्धोधनद्वारा सञ्चालित कोभिड अस्पताल र सियारी गाउापालिकाले सञ्चालन गरेको आइसोलेशन सेन्टरलाई विभिन्न स्वास्थ्य सामग्री वितरण गरिने थापाले जानकारी दिइन् ।
तीन वटा पालिकामा अक्सिजन कन्सन्ट्रेटर (१० लिटर) १/१ थान, अक्सिजन सिलिण्डर ५/५ थान, पीपीई ५०/५० थान, सेनिटाइजर ५०/५० लिटर, सर्जिकल माक्स १/१ हजार थान, सर्जिकल ग्लोब्स ५०/५० थान, फेसशिल्ड ५०/५० थान र सर्जिकल क्याप ५०/५० थान प्रदान गरिने कार्यकारी निर्देशक थापाले बताइन् । रोहिणी, सियारी र शुद्धोधन गाउापालिकाभित्रका नागरिक कोभिड १९ का कारण मृत्यु भएमा मृतकको दाहसंस्कारको लागि १० हजार रुपैयां प्रदान गरिने छ । त्यस्तै रोहिणी गाउापालिकाद्वारा सञ्चालित आइसोलेशन सेन्टरमा कार्यरत स्वास्थ्यकर्मी र विरामीका लागि ३ महिनासम्मको लागि खानाको समेत व्यवस्था गरिएको उनले बताइन् ।
लुम्बिनी प्रादेशिकमा सामग्री हस्तान्तरण

प्रतिमान–नीमा स्मृति प्रतिष्ठान सिद्धार्थनगरले बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालाई विभिन्न स्वास्थ्य सुरक्षा सामग्री प्रदान गरेको छ । प्रतिष्ठानले लुम्बिनी प्रदेश सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री भोजप्रसाद श्रेष्ठमार्फत अस्पताल विकास समितिका अध्यक्ष सुर्य बहादुर भट्टराई र अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. राजेन्ऽ प्रसाद खनाललाई बुधबार उक्त सामग्री हस्तान्तरण गरेको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री भोजप्रसाद श्रेष्ठमार्फत लुम्बिनी प्रादेशिक अस्पतालाई स्वास्थ्य सुरक्षा सामग्री प्रदान गरी बुधबारदेखि अभियानको सुरुवात गरिएको प्रतिष्ठानका निर्देशक धर्म बहादुर के.सी.ले बताए । उनले प्रोजेक्ट होपको सहयोगमा कोभिड–१९ विरुद्ध लड्न अस्पताललाई स्वास्थ्य सामग्री प्रदान गरिएको बताए ।
अस्पताललाई हस्तान्तरण गरिएको सामग्रीहरुमा अक्सिजन कन्सन्ट्रेटर ८ थान, अक्सिजन सिलिण्डर २० थान, अक्सिजन रेगुलेटर २० थान, पीपीई सेट (पीपीई गाउन, सर्जिकल क्याप, फेस शिल्ड, सु कभर, ग्लोब्स २००/२०० थान गरी १ हजार २ सयm सर्जिकल मास्क १ हजार थान, फेश शिल्ड २५० थान, सर्किकल क्याप्स २५० थान र सेनिटाइजर (५ लिटरको २४ ग्यालन) १२० लिटर रहेको प्रतिष्ठानकी कार्यकारी निर्देशक स्वाती थापाले बताइन् । नेपालमा कोभिड–१९ प्रभावितका लागि राहत तथा सहयोग कार्यक्रम अन्तर्गत सामग्री प्रदान गरिएको थापाले जानकारी दिइन् ।
हस्तान्तरण कार्यक्रममा बोल्दै प्रमुख स्वास्थ्य तथा जनसंख्या मन्त्री भोजप्रसाद श्रेष्ठले पूर्व स्वास्थ्य मन्त्री दिपक बोहरा संरक्षक रहनुभएको संस्था प्रतिमान नीमा स्मृति प्रतिष्ठानले अभावबाट ग्रसित अस्पताललाई कोभिड महामारी न्यूनीकरणका लागि सहयोग गर्नु उदाहरणीय कार्य भएको बताए । प्रोजेक्ट होप र प्रतिमान नीमा स्मृति प्रतिष्ठान धन्यवादको पात्र भएको उनले बताए । उनले अस्पतालमा पूर्वाधार मात्र बनाएर नपुग्ने भएकोले गुणस्तरीय स्वास्थ्य सेवा, उपकरण जडान र दक्ष जनशक्ति व्यवस्थापनमा ध्यान दिनुपर्नेमा जोड दिए । उनले स्वास्थ्यकर्मीको सेवा, सुविधा र सुरक्षामा पनि उत्तिकै ध्यान दिनुपर्ने आवश्यकता रहेको बताए ।
अस्पताल विकास समितिका अध्यक्ष सुर्य बहादुर भट्टराईले पूर्व स्वास्थ्यमन्त्री दिपक बोहराको पिता स्व. प्रतिमानचन्द बोहरा र आमा स्व. निमा बोहराको नामबाट स्थापना भएको प्रतिमान नीमा स्मृति प्रतिष्ठानले अस्पताललाई सहयोग गर्नु प्रशंसनीय रहेको बताए । उनले सरकारले गर्न नसकेको कतिपय कार्यहरुमा गैरसरकारी संस्थाले सहयोग गरेको बताए ।
अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. राजेन्ऽ प्रसाद खनालले प्रोजेक्ट होपको सहयोगमा प्रतिमान नीमा स्मृति प्रष्ठिानले स्वास्थ्य सामग्री प्रदानमार्फत पुनित कार्य गरेको भन्दै धन्यवाद ज्ञापन गरे ।
प्रतिमान निमा स्मृति प्रतिष्ठान पूर्व स्वास्थ्य मन्त्री एवं राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ नेता दिपक बोहराको पिता स्व. प्रतिमान चन्द बोहरा र आमा स्व. नीमा बोहराको नाममा भैरहवामा स्थापित प्रतिष्ठान हो । प्रतिष्ठानले सन् २००३ देखि शिक्षा, स्वास्थ्य तथा वातावरणको क्षेत्रमा काम गर्दै आएको छ ।
