सम्झना शर्मा
उद्योग व्यापार संगठन रुपन्देहीले करीब ३ करोडको लागतमा आफ्नै भवन निर्माण गर्ने भएको छ ।
सिद्धार्थनगर नगरपालिका वडा नं ९ स्थित संगठनको नाममा खरीद गरेको साढे दुईकठ्ठा जग्गामा सुविधा सम्पन्न तिन तल्ले भवन निर्माण गर्ने निर्णय गरिएको संगठनका अध्यक्ष नारायण प्रसाद भण्डारीले जानकारी दिनुभयो ।
“संगठनको भैरहवामा सम्पन्न १३ औं वार्षिक कार्ययोजना बैठकबाट उक्त निर्णय भएको छ सम्भवतः घटस्थापनाको दिन शिलन्याश गर्छौं ”उहांले भन्नु भयो । भवन निर्माणका लागि संगठनका पदाधिकारी तथा सदस्यहरुबाट रकम संकलन गरी जग्गा खरीद गरिएको र सहयोग जुटाएरै भवन निर्माण गर्ने अध्यक्ष भण्डारीको भनाई छ ।
जसका लागि आर्थिक व्यवस्थापन गर्न विभिन्न १६ वटा उपसमितिहरु गठन गर्ने गरी आर्थिक व्यवस्थापन गर्ने निर्णय गरिएको संगठनले जनाएको छ । यस्तै बैठकले लकडाउनको समयावधि भर व्यापार व्यवसायमा परेको नोक्शानी विवरण संकलन गरी बैंक व्याजमा छुट दिन सरकारसंग माग गरेको छ ।
संगठनको भैरहवामा सम्पन्न १३ औं वार्षिक कार्ययोजना बैठकबाट कोभिड–१९ का कारणले झण्डै ६ महिना व्यापार व्यवसाय प्राय बन्द रहेको हुंदा उद्योग र व्यापार क्षेत्रका व्यवसायीहरुलाई बैंकको व्याज छुट र किस्ताको समय अवधी बढाउन पहल गर्न सरकारसंग माग गर्ने निर्णय गरिएको संगठनका अध्यक्ष भण्डारीले पत्रकार सम्मेलन मार्फत जानकारी दिनुभयो ।
संगठनले होटल तथा रेष्टुरेण्ट, यातायात व्यूटिपार्लर, सैलुन र नीजि स्कुलहरुलाई परेको प्रभावमा सरकारको सम्बन्धित मन्त्रालहरुबाट विज्ञ टोली गठन गरी लगानीको आर्थिक नोक्सानीको यथार्थ विवरण बाहिर ल्याई व्यवसायीहरुलाई क्षतिपूर्ति राहत प्याकेज दिनको लागी डेलीगेसन तथा दाबाब बढाई व्यवसायीहरुलाई सहयोग गर्ने निर्णय समेत गरेको अध्यक्ष भण्डारीले जानकारी दिनुभयो ।
बैठकले असोज १ गते देखी सम्पूर्ण पेशा व्यवसाय भिडभाड नगरी संचालन गर्न दिएको सरकारी निर्णयको स्वागत गर्दै सम्पूर्ण व्यवसायहरुलाई स्वास्थ्य मन्त्रालयको स्वास्थ्य निर्देशन पालाना गरी व्यवसाय संचालन गर्न अनुरोध पनि गर्ने निर्णय गरेको छ ।
आफुहरुले कोरोना भाईरससंग जुध्दै आफ्ना व्यापार व्यवसाय संचालन गर्न पाउनु पर्ने आवाज उठाई सरकारलाई दवाव सृजना गरेकै कारण सरकारको यो निर्णय आएको संगठनको दावी छ । यस्तै उतm बैठकबाट संगठनले नगर सरसफाई कार्यक्रम गर्ने, रक्तदान कार्यक्रम आयोजना गर्ने, उद्योग व्यवसायीहरुका समस्या सामाधानमा हरपहल कार्य गर्ने निर्णय समेत गरेको संगठनका वरिष्ठ उपाध्यक्ष गिरीषचन्द्र त्रिपाठीले जानकारी दिनुभयो । यस्तै वार्षिक कार्ययोजना बैठकले समय सापेक्षित छलफल तथा अन्तक्र्रिया कार्यक्रम सम्पन्न गर्ने, .नयां साल २०७८ को क्यालेण्डर प्रकाशन गर्ने, नयां वर्ष २०७८ को नयां साल इभको रुपमा सडकखाना महोत्सव आयोजना गर्ने, संगठनमा आवद्ध व्यापार व्यवसाय दर्ता तथा नविकरण र व्यवसायीको गुनासो रिपोर्ट गर्ने ,संगठन मातहतका शाखा संगठन, होटल तथा रेष्टुरेण्ट व्यवसायी संगठन र मुल संगठन उद्योग व्यापार संगठन, रुपन्देहीको २०७७ साल चैत्र मसान्त भित्र साधारण सभा तथा अधिवेसन सम्पन्न गर्ने लगायतका निर्णय गरिएको संगठनका महासचिव अनिल कुमार ज्ञवालीले जानकारी दिनुभयो । संगठनले विगतका वर्षहरुमा आन्तरिक पर्यटन प्रवद्धन गर्ने उद्देश्य सहित जिल्ला बाहिरका पर्यटकीय स्थानमा गई वार्षिक कार्ययोजना गोष्ठी गर्ने गरेको थियो तर यस पटक कोरोना भाईरसको जोखिमका कारणले भैरहवामै बैठक सम्पन्न गरिएको संगठनका निर्वमान अध्यक्ष खिम बहादुर खत्रीले जानकारी दिनुभएको छ । हाल भैरहवा तथा लुम्बिनी क्षेत्रमा १ सय ३२ ठुला होटल,करीब ४ सय ५० साना तथा मध्यम खालका होटल तथा रेष्टुरेण्ट, ८० माथि व्युटिपार्लर व्यावसाय संचालनमा रहेको संगठनले जनाएको छ ।
|
ReplyForward
|
