भैरहवालाई थप सुरक्षित बनाउन ‘एएनपिआर’ जडान

भैरहवा। सिमावर्ती शहर भैरहवालाई थप सुरक्षीत बनाउन अत्याधुनीक विद्युतीय प्रणाली जडान गरिएको छ । रुपन्देही सदरमुकामा समेत रहेको भैरहवालाई व्यवस्थित र सुरक्षीत बनाउन सिद्धार्थनगर नगरपालीकाले अत्याधुनिक विद्युतीय प्रणाली ‘अटोमेटिक नम्बर प्लेट रिकोनाइजेशन सिस्टम’ ९एएनपिआर० जडान गरेको हो ।

यहाँ हुने सवारी दुर्घटना देखि विभिन्न अपराधमा संलग्न रहेका व्यक्तिको पहिचान गर्न ‘अटोमेटिक नम्बर प्लेट रिकोनाइजेशन सिस्टम’(एएनपिआर) जडान गरिएको हो । सिद्धार्थनगर नगरपालीकाका मेयर ईस्तियाक अहमद खाँले जडान गरिएको अत्याधुनिक प्रविधिले भैरहवाको ट्राफिक व्यवस्थापनसँगै सुरक्षा निकायलाई अपराध नियन्त्रणमा समेत महत्वपूर्ण भूमिका निर्वाह गरीरहेको बताए ।

उनले भैरहवालाई सुरक्षीत पार्न देवकोटा चोक, गौतमबुद्ध अन्तराष्ट्रिय बिमानस्थल अगाडी र वेलहीया वाईपासमा एनएनपिआर क्यामरा जडान गरीएको छ । यसबाट सवारी दुर्घटनमा संलग्न सवारीसाधनको पहिचान मात्र नभई नेपाल सरकारले खोजी सूचीमा राखेका व्यक्तिको समेत कुनैपनि बेला पहिचान गरी अपराध नियन्त्रणमा महत्वपूर्ण योगदान दिने विश्वास व्यक्त गरे ।

सिद्धार्थनगर नगरपालीकाका प्रमुख प्रशासकीय अधीकृत जनक थापाले यो प्रणालीले उज्यालोमा मात्र नभई रातिको अँध्यारोमा समेत बाहनको नम्बर प्लेट, रङको पहिचान गर्नुका साथै खोजी सूचीमा रहेका व्यक्तिले मास्क वा अन्य जुनसुकै वस्तु लगाएपनि पहिचान गरी तत्कालै जानकारी दिनसक्ने बताए । जसका कारण प्रहरीलाई अपराध नियन्त्रणमा समेत सहयोग पुगीरहेको उनले बताए । उनका अनुसार यसबाहेक सिद्धार्थनगर नगरपालीकाले भैरहवाका अन्य १८ स्थानमा सिसिटीभी क्यामरा जडान गरेर नगरका गतीबीधीहरु निगरानी गर्दै आएको छ ।

बुद्धचोक, मायादेवि तरकारी बजार छिर्ने चोक, बसडिलहवा जाने चोक, ब्रमेलीटोल, जनकपथ, देवकोटा चोक, मिलचोक, बिद्रोही चोक, भाजुरत्नचोक, आँखा अस्पताल, मेउडीहवा, उद्योगपुरी, मायादेवि चोक, भैरहवा क्याम्पस अगाडी, बसपार्क, निमार्ण चोक लगायतका स्थानमा सिसिटीभी क्यामरा जडान गरीएको नगरपालीकाका सुचना प्रविधी अधिकृत तपन पाण्डेले जानकारी दिए । अवाश्यकताको आधारमा थप एएनपिआर र सिसिटीभी क्यामरा जडान गर्ने योजना नगरपालीकाको रहेको उनले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट

हाम्रो बारेमा

प्रधान सम्पादकः सम्झना शर्मा
सम्पादकः ई सुवोध भट्टराई
सम्वादाताः शुष्मा खनाल

सम्वादाताः महेश गुप्ता
आई.टि.:  माेहम्म्द हबिब

 

 

सम्पर्क

एल. स्टार मिडिया प्रा.ली.
सिद्धार्थनगर नगरपालिका-०८, रुपन्देही
फोन: ९८५७०२४६७४
ईमेल: starkhanarnepal@gmail.com, samjhanaje@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३९८२/७९/८०

error: Content is protected !!