नागरिकलाई माक्स बांड्दै हिमाली सामुदायिक केन्द्र

 

हिमाली सामुदायिक सेवा केन्द्र एवंम सामुदायिक प्रहरी सेवा केन्द्रले बिहीबार भैरहवास्थित बिपि पथमा मास्क बितरण गरेका छन् । बढ्दो कोरोना संक्रमणको जोखिम न्युनिकणका लागी केन्द्रले मास्क बितरण गरेको हिमाली सामुदायिक केन्द्रका अध्यक्ष सुरेन्द्र जंग थापाले बताउनु भयो ।
बिपि पथ स्थित मायादेबी तरकारी तथा फलफुल बजारमा मास्क नलगाईकन आउने सर्बसाधारणहरुलाई मास्क बितरण गरिएको हो । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवतmा प्रहरी नायव उपरिक्षक खडक बहादुर खत्रीको प्रमुख आथित्यता र सिद्धार्थनगर नगरपालीका वडानं ८ का वडाअध्यक्ष राजन जंग राणाको आथित्यतामा तरकारी बजारमा आएका सर्बसाधारण र कृषकहरुलाई मास्क बितरण गरिएको थियो ।
तरकारी बजारमा आगामी दिनमा सुरक्षा सर्तकता नअपनाई भित्र प्रबेश गर्न निरुत्साहित गर्ने सो क्रममा केन्द्रका अध्यक्ष सुरेन्द्र जंग थापाले प्रतिवद्धता जनाउनु भयो । सबै क्षेत्रका व्यतिmहरु जमघट हुने स्थानमा कुनै सर्तकता हुन नसक्दा भोलिका दिनमा संक्रमण फैलन सक्ने थापाले बताउनु भयो । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डिएसजि खड्क बहादुर खत्रीले भिडभाड नियन्त्रण गरि सुरक्षित तरिकाबाट बजार सञ्चालन गर्न र सुरक्षा सर्तकता अपनाउन सुरक्षाकर्मीहरुको पनि सहयोग रहने बताउनु भयो । केन्द्रका सचिव बिष्णु प्रसाद मरासिनीको सञ्चालनमा सम्पन्न कार्यक्रममा केन्द्रका पदाधिकारीहरु , सुरक्षा निकाय, ट्राफिक प्रहरी लगायतको उपस्थिति रहेको थियो । हिमाली सामुदायिक सेवा केन्द्रले विगतका दिनहरुदेखि नियमित रतmदान तथा अन्य सामाजिक कामहरु गर्दै आईरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट

हाम्रो बारेमा

प्रधान सम्पादकः सम्झना शर्मा
सम्पादकः ई सुवोध भट्टराई
सम्वादाताः शुष्मा खनाल

सम्वादाताः महेश गुप्ता
आई.टि.:  माेहम्म्द हबिब

 

 

सम्पर्क

एल. स्टार मिडिया प्रा.ली.
सिद्धार्थनगर नगरपालिका-०८, रुपन्देही
फोन: ९८५७०२४६७४
ईमेल: starkhanarnepal@gmail.com, samjhanaje@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३९८२/७९/८०

error: Content is protected !!