लुम्बिनी बौद्ध विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोह: २८९ जना दीक्षित हुदै

भैरहवा । लुम्बिनी विश्व विद्यालयको तेस्रो विशेष दीक्षन्त समारोहबाट २८९ जना विद्यार्थीहरु दीक्षित हुदैछन । विश्वविद्यालय २० औं वर्षमा प्रवेशको अवसरमा हुन लागेको समारोहमा बौद्ध शिक्षा, धर्म, दर्शनको विकास तथा प्रवद्र्धनमा अतुलनीय योगदान पु¥याउनुभएकी भिक्षुणी धम्मावती (गणेश कुमारी शाक्य) लाई मानार्थ विद्यावारिधि उपाधि समेत प्रदान गर्न लागिएको छ । विशेष दीक्षान्त समारोहमा विद्यावारिधि, स्नातकोत्तर र स्नातक तहका गरेकाविद्यार्थीहरु दीक्षित हुनेछन भने पहिलो पटक मानार्थ विद्यावारिधि उपाधि प्रदान गर्न लागिएको छ ।

दीक्षान्त समारोह मंसिर १४ गते प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीको प्रमुख अतिथ्यतामा लुम्बिनीको अन्तर्राष्ट्रिय ध्यान केन्द्रमा हुने विश्वविद्यालयका रजिष्ट्रार डा. तिलकराम आचार्यले जानकारी दिए । विश्वविद्यालयको भदौंमा सम्पन्न १६औं सभाको बैठकले लुम्बिनीमा तेस्रो दीक्षान्त समारोह आयोजना गर्ने निर्णय गरको थियो ।

म्यानमारका भिक्षु सितगो सायडोको विशेष उपस्थितिमा हुन लागेको दीक्षान्तमा प्रत्येक संकायबाट स्नातक तह र स्नातकोत्तर तहमा सर्वाेत्कृष्ट १३ जना विद्यार्थीहरुलाई विश्वविद्यालय स्वर्णपदकबाट सम्मान गरिने लुम्बिनी बौद्ध विश्व विद्यालयका उपकुलपती प्रा.डा.सुर्वणलाल ब्रजाचार्यले बताए ।

वार्षिकोत्सव तथा दीक्षान्त समारोहमा प्रधानमन्त्री एवं कुलपतिसहित, उपप्रधान तथा शहरी विकास मन्त्री माननीय प्रकाशमान सिंह, उपप्रधान तथा अर्थमन्त्री माननीय विष्णु प्रसाद पौडेल, सहकुलपति एवं शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री माननीय विद्या भट्टराई, लुम्बिनी प्रदेशका मुख्यमन्त्री माननीय चेतनारायण आचार्य, प्रतिनिधि सभाका सदस्यहरु, प्रदेश सभाका सदस्यहरु, विदेशी राष्ट्रिका राजदुतहरुको उपस्थिति रहने विश्वविद्यालयले जानकारी दिएको छ ।

२०६१ साल मंसिर १४ गते स्थापित विश्वविद्यालय भगवान् गौतम बुद्धका उपदेशलाई विश्व शान्तिका लागि मार्गदर्शक सन्देशका रुपमा स्वीकार एवं अनुशरण गरी शान्ति, बन्धुत्व, मैत्री तथा सद्भाव प्रवद्र्धन गर्न, शिक्षामा गुणस्तर कायम गरी बौद्ध दर्शन, साहित्य, शिक्षा र संस्कृतिसहित अन्य विषयको अध्ययन, अध्यापन र अनुसन्धान गर्नका लागि उच्च तहका शिक्षण संस्थाहरु सञ्चालन गर्न यस विश्वविद्यालयको स्थापना भएको हो ।

२०८० देखि ०९० को दशकलाई ‘अवको दशक, प्राज्ञिक र सृजनात्मक’ नारासहित विश्वविद्यालयले प्राज्ञिक कार्यलाई अगाडी बढाइरहेको छ । विश्वविद्यालयमा बौद्ध अध्ययन संकाय, मानविकी तथा सामाजिक शास्त्र र विकास अध्ययन तथा प्रायोगिक विज्ञान संकाय गरी तीन संकायबाट स्नातक, स्नातकोत्तर तथा विद्यावारिधिसहित ३० वटा शैक्षिक कार्यक्रममा २३०८ विद्यार्थी अध्ययनरत छन् । तीमध्ये ६८ जना विदेशी विद्यार्थीहरु विश्वविद्यालय अध्ययरत छन ।

लुम्बिनी, बुटवल, देवदहमा विश्वविद्यालयका आंगिक क्याम्पसहरु सञ्चालनमा रहेका छन् । दाङ, काठमाडौं उपत्यका, दोलखामा सहकार्य तथा सम्बन्धन प्राप्त १३ वटा क्याम्पसहरुमा विश्वविद्यालयका शैक्षिक कार्यक्रमहरु सञ्चालनमा छन् । विश्वविद्यालयले सातै प्रदेशमा अनुसन्धान केन्द्र स्थापना गरी अनुसन्धानलाई जोड दिने नीति १६ औं सभाको बैठकबाट लिएकाले त्यसको कार्यान्वयनमा काम भइरहेको विश्वविद्यालयले जानकारी दिएको छ । विश्व विद्यालयको अनुसन्धान केन्द्रमार्फत बौद्ध अनुसन्धान तथा थुप्रै बौद्ध दर्शनका पुस्तक तथा जर्नलहरु प्रकाशित हुँदै आएको छ ।

वार्षिकोत्सव तथा दीक्षान्त समारोहमा प्रधानमन्त्री एवं कुलपतिसहित, उपप्रधान तथा शहरी विकास मन्त्री माननीय प्रकाशमान सिंह, उपप्रधान तथा अर्थमन्त्री माननीय विष्णु प्रसाद पौडेल, सहकुलपति एवं शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री माननीय श्री विद्या भट्टराई, लुम्बिनी प्रदेशका मुख्यमन्त्री माननीय श्री चेतनारायण आचार्य, प्रतिनिधि सभाका सदस्यहरु, प्रदेश सभाका सदस्यहरु, विदेशी राष्ट्रिका राजदुतहरुको उपस्थिति रहनेछ ।

वार्षिकोत्सवको अवसरमा मंसिर १३ गते बुटवल सिटी क्याम्पस बुटवलमामा रक्तदान कार्यक्रम, मंसिर १५ गते Exploring Gautam Buddha’s Teachings for Peace Building and Sustainable Development विषयक अन्तर्राष्ट्रिय सेमिनार हुदैछ । साउथ एसिया फाउण्डेसनसंगको सहकार्यमा हुने सेमिनारमा १० कार्यपत्र प्रस्तुत हुने जस्मा पूर्वमन्त्री, राजदूत, पूर्व राजदूतहरु, विदेशी विश्वविद्यालयका उपकुलपतिहरुको सहभागीता रहनेछ । यस्तै मंसिर १६ गते विश्वविद्यालयका शिक्षक तथा कर्मचारीहरुबीच मैत्रीपूर्ण भलिवल प्रतियोगिता देवदहमा हुने विश्पविद्यालयका सूचना अधिकारी चुरामणि पोखरेलले जानकारी दिए ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट

हाम्रो बारेमा

प्रधान सम्पादकः सम्झना शर्मा
सम्पादकः ई सुवोध भट्टराई
सम्वादाताः शुष्मा खनाल

सम्वादाताः महेश गुप्ता
आई.टि.:  माेहम्म्द हबिब

 

 

सम्पर्क

एल. स्टार मिडिया प्रा.ली.
सिद्धार्थनगर नगरपालिका-०८, रुपन्देही
फोन: ९८५७०२४६७४
ईमेल: starkhanarnepal@gmail.com, samjhanaje@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३९८२/७९/८०

error: Content is protected !!