कर सप्ताहः रूपन्देहीमा साताभरि कार्यक्रम

भैरहवा । आन्तरिक राजश्व कार्यालय भैरहवाले मंसिर १ गतेदेखि ७ गतेसम्म कर सप्ताह मनाउदै छ । “कर प्रणालीको सार, लगानीको आधार” भन्ने मूख्य नारासहित यस वर्षको कर सप्ताह सुरु गरिएको आन्तरिक राजस्व कार्यालय भैरहवाका प्रमुख कर अधिकृत प्रेमराज पोखरेलले जानकारी दिए ।

“मूल्य अभिवृद्धि ऐन कार्यान्वयन पारेको दिन पारेर मंसिर १ गते देखि राष्ट्रिय कर दिवस मनाउने गरिएको छ । आज देखि ७ दिन सम्म प्रत्येक दिन नया कार्यक्रम गरि कर सप्ताह मनाईरहेका छौं ।” पोखरेलले भलभ  “करदातालाई कर तिर्न जागरुक बनाउने, कर सम्बन्धि रहेका समस्याहरु अन्तरक्रियाका माध्यमबाट समाधान गर्ने, र सम्पूर्णमा कर बारे जागरुकता फैलाएर कर तिरु तिरु पार्ने भावना बनाउन हामीले कर सप्ताह मनाईरहेका छौं ।”

२०५४ मंसिर १ देखि हरेक वर्ष कर सप्ताह मनाउने गरिएको छ । पहिलो दिन १ गते शनिबार आन्तकिर राजस्व कार्यालय भैरहवाबाट प्रभात फेरी निकाली देवकोटाचोक हुदै, बैंकरोड, नारायण पथ, बुद्धचोक भएर कार्यालयमै समापन गरिएको छ ।

२ गतेदेखि ७ गतेसम्म करदाता शिक्षा, अन्तरक्रिया र सचेतनाका कार्यक्रमहरु आयोजना हुनेछन् ।

मंसिर २ गते कार्यालय र लुम्बिनी प्रेस क्लबको सहकार्यमा कर शिक्षा तथा अन्र्तक्रिया कार्यक्रम, ३ गते भैरहवा बहुमुखी क्याक्पसमा अध्ययनरत् बिद्यार्थीहरु संगर करकै विषयमा अन्र्तक्रिया, ४ गते देवदहका उद्योगी व्यसायीसंग अन्र्तक्रिया कार्यक्रम, ५ र ६ गते विभिन्न सरकारी कार्यालय, निजि क्षेत्र, पेशागत संग संगठनको विषयमा ब्याडमिन्टन प्रतियोगिता र ७ गते अन्तरिक राजस्व कार्यालयद्वारा भैरहवा र परासी क्षेत्रका उत्कृष्ट कर दाता, कार्यालयका उत्कृष्ट कर्मचारीलाई पुरस्कृत गर्ने कार्यक्रम रहेको प्रमुख कर अधिकृत प्रेमराज पोखरेजलले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट

हाम्रो बारेमा

प्रधान सम्पादकः सम्झना शर्मा
सम्पादकः ई सुवोध भट्टराई
सम्वादाताः शुष्मा खनाल

सम्वादाताः महेश गुप्ता
आई.टि.:  माेहम्म्द हबिब

 

 

सम्पर्क

एल. स्टार मिडिया प्रा.ली.
सिद्धार्थनगर नगरपालिका-०८, रुपन्देही
फोन: ९८५७०२४६७४
ईमेल: starkhanarnepal@gmail.com, samjhanaje@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३९८२/७९/८०

error: Content is protected !!