सरकारले थारु समुदायमाथि भएका विभेद समाप्त गर्न अगुवाइ गर्छ : अर्थमन्त्री पौडेल

भैरहवा । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले अहिलेको सरकारले थारु समुदायको उन्नति र प्रगतिको लागि अगुवाइ गर्ने बताएका छन् । उनले थारु समुदायमाथि भइरहेका विभेद र असमानता सम्पूर्ण रुपमा समाप्त गर्नका लागि नीति र निर्णयका माध्यमबाट अगुवाइ गर्ने बताए ।

थारु कल्याणकारिणी सभाको २३ औं महाधिवेशनको शनिबार रुपन्देहीको भैरहवामा उद्घाटन गर्दै अर्थमन्त्री पौडेलले २०७२ सालको संविधान निर्माणमा नेतृत्वदायी भूमिका निर्वाह गरेका दलहरु सहभागी अहिलेको सरकार रहेको बताए ।

उनले भने, ‘राणा शासन, पञ्चायती व्यवस्था र राजतन्त्रको अन्त्यका लागि संघर्ष गरेका दलहरुको सहभागीतामा अहिलेको सरकार बनेको छ । थारु समुदायमाथि कुनै प्रकारको विभेद हुँदैन ।’

थारु समुदाय आदिवासी र धर्तीपूत्र भएको उनले बताए । यो समुदायप्रति गर्व गर्नुपर्ने उनले बताए । राष्ट्रिय स्वाधिनताको रक्षाका लागि यो समुदायको महत्वपूर्ण भूमिका रहेको र यो योगदान इतिहासमा स्वर्ण अक्षर लेखिने उनले बताए ।

‘सामाजिक सदभाव र एकता थारु समुदायको विशेषता हो । यहाँहरुप्रति उच्च सम्मान व्यक्त गर्न चाहन्छु । नेपाल सबै जातजातिको फूलबारी हो’अर्थमन्त्री पौडेलले भने, हामीबीच तिक्तता होइन, मित्रता र एकता आवश्यक छ । यहाँहरुको प्रयास अनुकरणीय छ ।’

संविधान ढुंगाको अक्षर नभएको, गतिशिल दस्तावेज भएको र समाजको आवश्यकताका आधारमा संविधान परिस्कृत हुँदै जाने उनको भनाइ छ । नेकपा ९एमाले० का उपाध्यक्ष समेत रहेका पौडेलले संविधानको रक्षा र प्रभावकारी कार्यान्वयनको माध्यमबाट समाजको विकास गर्न सकिने बताए ।

कार्यक्रममा थारु कल्याणकारिणी सभाका महामन्त्री प्रेमीलाल चौधरीले थारु समुदाय अधिकारबाट वञ्चित भएको बताए । उनले थारु समुदायको माग सम्बोधन गर्न सरकारलाई आग्रह गरे ।

थारु कल्याणकारिणी सभाका कार्यवाहक अध्यक्ष देवी प्रसाद चौधरीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट

हाम्रो बारेमा

प्रधान सम्पादकः सम्झना शर्मा
सम्पादकः ई सुवोध भट्टराई
सम्वादाताः शुष्मा खनाल

सम्वादाताः महेश गुप्ता
आई.टि.:  माेहम्म्द हबिब

 

 

सम्पर्क

एल. स्टार मिडिया प्रा.ली.
सिद्धार्थनगर नगरपालिका-०८, रुपन्देही
फोन: ९८५७०२४६७४
ईमेल: starkhanarnepal@gmail.com, samjhanaje@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३९८२/७९/८०

error: Content is protected !!