रूपन्देही सुपरलिगः प्रोफेसनल मास्टर्स ३९ रनले विजयी

भैरहवा। प्रोफेसनल मास्टर्स–११ क्लब भैरहवामा जारी ‘रुपन्देही सुपरलिग क्रिकेट प्रतियोगिता’ अन्तर्गत डिभिजन ‘बी’को बिहीबारको खेलमा विजयी भएको छ । उसले बुद्ध क्रिकेट क्लबलाई ३९ रनले पराजित गर्दै जित निकालेको हो ।

यहाँस्थित सिद्धार्थ क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको प्रोफेसनलले निर्धारित ५० ओभरको खेलमा ४३ ओभर २ बल खेल्दै सबै विकेट गुमाएर २ सय १ रनको बलियो योगफल बनायो । उसका लागि मोहम्मद हुसेनले ५४ रनको अर्धशतकीय पारी खेले । यस्तै, ड्रस सुनारले ४४, इमरान खानले २३, आदित्य त्रिपाठीले १६, अजय रसाइलीले १५ र विष्णु कटरियाले १४ रन जोडे । बलिङमा बुद्धका अजित यादव र अनुज चौहानले ३–३ तथा सुरज गुरुङले २ र प्रवेज अन्सारीले १ विकेट लिए ।

२ सय २ रनको लक्ष्यसहित ब्याटिङमा आएको बुद्ध ४४ ओभर २ बलमा सबै विकेट गुमाएर १ सय ६२ रनमै समेटियो । उसका लागि अजित यादवले ३०, प्रवेज अन्सारीले २५, अजुन चौहानले २२ र सुरज गुरुङ र सुरज पौडेलले समान १८ रन बनाए पनि जितका लागि पर्याप्त भएन । बलिङमा प्रोफेसनलका कृष्ण पराजुली, मोहम्मद हुसेन र तुसार चौहानले समान ३–३ तथा श्याम उपाध्यायले १ विकेट हात पारे । खेलमा प्रोफेसनलका मोहम्मद हुसेन प्लेयर अफ द म्याच भई एक हजार दुई सय रुपैयाँ प्राप्त गरे ।

रुपन्देही क्रिकेट संघको आयोजनामा जारी प्रतियोगिताको विजेता टिमले नगद १ लाख १ रुपैयाँ र उपविजेताले ५० हजार १ रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै, हरेक खेलको म्यान अफ द म्याचले १ हजार दुई सय, म्यान अफ द सिरिजले १५ हजार, बेष्ट ब्याटर, बेष्ट बलर र उदयीमान खेलाडीले जनही ५ हजार रुपैयाँ पाउने संघका कोषाध्यक्ष तथा खेल संयोजक निरजप्रताप खाँणले जानकारी दिए ।

सुपरलिगमा रुपन्देहीका ‘ए’ डिभिजनका ८ र ‘बी’ डिभिजनका १२ गरी २० टिम सहभागी छन् । यसपटक नेपाल सुपरलिगका कारण दुईचरणमा सुपरलिग हुनेछ । पहिलो चरणमा मंसिर १२ गतेसम्म ‘बी’ डिभिजनका खेलहरु हुनेछन् भने ‘ए’ डिभिजनका खेलहरु नेपाल सुपरलिग पछि आयोजना हुनेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट

हाम्रो बारेमा

प्रधान सम्पादकः सम्झना शर्मा
सम्पादकः ई सुवोध भट्टराई
सम्वादाताः शुष्मा खनाल

सम्वादाताः महेश गुप्ता
आई.टि.:  माेहम्म्द हबिब

 

 

सम्पर्क

एल. स्टार मिडिया प्रा.ली.
सिद्धार्थनगर नगरपालिका-०८, रुपन्देही
फोन: ९८५७०२४६७४
ईमेल: starkhanarnepal@gmail.com, samjhanaje@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३९८२/७९/८०

error: Content is protected !!